वैदेशिक रोजगारबाट फर्किएर गाउँमा स्वरोजगार बनेकालाई सम्मान « Khabarhub

वैदेशिक रोजगारबाट फर्किएर गाउँमा स्वरोजगार बनेकालाई सम्मान


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– वैदेशिक रोजगारबाट फर्किएर गाउँमै स्वरोजगार बनेका खोटाङका पाँच जनालाई सम्मान गरिएको छ । विभिन्न देशमा गरेको काम र सिकेको सिपलाई गाउँमा उपयोग गर्दै स्वरोजगार बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दुर्गाबहादुर राई, कासकुमार राई, भोजकुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका रोशन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका दिपेन्द्र उदासलाई सम्मान गरिएको हो ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२१ को अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उनीहरूलाई शनिबार जनही १५ हजार रुपैयाँका साथमा ५–५ हजारको ड्रिल र ग्रेन्डर प्रदान गरेको हो । उनीहरूलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल र उपमेयर वीणादेवी राईले चेक तथा सम्मान–पत्र हस्तान्तरण गरे।

वैदेशिक रोजगारको क्रममा आर्जन गरेको सिपलाई स्वदेश फर्किएर निरन्तरता दिँदै स्वरोजगार बनेर उदाहरणीय काम गरेकोमा प्रोत्साहन स्वरुप सम्मान गरिएको वाल सेजा समाज नेपाल अन्तर्गतको सुरक्षित आप्रवासन परियोजना ९सामी०का कार्यक्रम संयोजक सन्तोष राईले बताए ।

दुवई र कतारमा आठ वर्ष बसेर फर्किएका दुर्गाबहादुरले इलेक्ट्रिसयन र प्लम्विङको काम गरिरहेका छन् । यस्तै, मलेसियामा तीन वर्ष र साउदी अरबमा १२ वर्ष बिताएका रोशनले रोशन ग्रिल उद्योग सञ्चालन गरीरहेका छन् । मलेसियाबाट फर्किएका कासकुमारले प्लम्बिङ र मेसनको काम गर्दैआएका छन् ।

मलेशियाबाट फर्किएका दिपेन्द्रले गाउँमा बंगुर फर्म सञ्चालन गरिरहेका छन् । कतार र साउदीमा पाँच वर्ष बिताएका भोजकुमार गाउँमा इलेक्ट्रिसियन र प्लम्बिङको काम गर्दै स्वरोजगार बनेका छन् । न्युजकारखाना

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ५ : १५ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको