वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली गठन « Khabarhub

वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली गठन


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले वैदेशिक रोजगारका क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (र्‍यापीड रेस्पोन्स टिम) गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर्निकायको प्रतिनिधित्व हुने गरी शीघ्र प्रत्युत्तर टोली गठन गरिएको हो ।

वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको र्‍यापीड रेस्पोन्स टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि सदस्य रहेका छन् भने वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत सदस्य सचिव रहेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी आउने गुनासोलाई तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि टोली गठन गरिएको बताए।

टोलीले वैदेशिक रोजगार व्यवस्थापनमा कुनै सेवा प्रदायक निकाय, सङ्घसंस्था तथा व्यक्तिले बदनियतपूर्वक काम गरिरहेको वा गर्न लागेको कुनै सूचना प्राप्त भएमा छानविन गर्न, आवश्यक निर्देशन दिन तथा थप अनुसन्धानका लागि सिफारिस गर्नेछ ।

वैदेशिक रोजगारसम्बन्धी कामलाई व्यवस्थित तथा मर्यादित बनाउने तथा कानूनको प्रभावकारी कार्यान्वयन गराउन र यस क्षेत्रमा आउने गुनासोको तत्काल सम्बोधन गर्न टोलीले काम गर्नेछ । वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित बनाउने क्रममा यस क्षेत्रको व्यवस्थापनमा सुधार गरी सुशासनको अभिवृद्धि गर्न टोली गठन गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

अहिले नेपाली युवाको रोजगारीको प्रमुख स्रोतका रुपमा वैदेशिक रोजगारीले स्थान लिएको छ । तर यसक्रममा ठगिने, दुःख, हण्डर व्यहोर्नुपर्ने र सुशासनका दृष्टिलेसमेत नकारात्मक चित्रण हुने गरेकाले यसको छवि सुधार्ने प्रयासका रुपमा शीघ्र प्रत्युत्तर टोली गठन गरिएको हो ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ५ : ५० बजे

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा