माओवादी प्रदेश २ अधिवेशनको बन्दसत्र फेरि स्थगित « Khabarhub

माओवादी प्रदेश २ अधिवेशनको बन्दसत्र फेरि स्थगित


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्दसत्र स्थगित भएको छ । २५ मंसिरमा सम्पन्न भएको प्रदेश अधिवेशनको उद्घाटन सत्र ३ पुसमा सर्लाहीको लालबन्दीमा हुने भनिएको थियो । तर, पार्टीभित्रको विवादका कारण ३ पुसमा पनि हुन सकेन ।

सप्तरीलगायतमा जिल्लामा अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।

बन्दसत्रका लागि आवश्यक तयारीसमेत पुरा नभएकाले स्थगित गरिएको उनले बताए । प्रदेश २ को १३६ वटा स्थानीय तह मध्ये अहिले ३० भन्दा बढी स्थानीय तहको अहिलेसम्म पनि अधिवेशन हुन सकेको छैन । सप्तरीका १८ मध्ये १५ वटा स्थानीय तहमा अझै विवाद रहेको छ । त्यसैगरि, सिराहा, महोत्तरी, सर्लाही, धनुषालगायतका जिल्लाका केही पालिकामा पनि विवाद कारण अधिवेशन हुन सकेको छैन ।

अध्यक्ष बुढाथोकीले भने, ‘एक सप्ताहको लागि समय दिए पनि प्रदेशका सबै पालिकाहरूबाट अहिलेसम्म प्रतिनिधि विवाद समाधान हुन सकेको छैन । ती विवाद समाधानका लागि एक दिनको समय तोकिएको छ । विवाद समाधान भएपछि आइतबारदेखि बन्दसत्र सुरु हुन्छ ।’

माओवादीका एक नेताका अनुसार प्रदेशमा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मातृका यादवबिचको मतभिन्नताको कारण प्रदेश अधिवेशनको समय लम्बिँदै गएको छ । न्युजकारखाना

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ८ : १० बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक