माओवादी प्रदेश २ अधिवेशनको बन्दसत्र फेरि स्थगित « Khabarhub

माओवादी प्रदेश २ अधिवेशनको बन्दसत्र फेरि स्थगित


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्दसत्र स्थगित भएको छ । २५ मंसिरमा सम्पन्न भएको प्रदेश अधिवेशनको उद्घाटन सत्र ३ पुसमा सर्लाहीको लालबन्दीमा हुने भनिएको थियो । तर, पार्टीभित्रको विवादका कारण ३ पुसमा पनि हुन सकेन ।

सप्तरीलगायतमा जिल्लामा अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।

बन्दसत्रका लागि आवश्यक तयारीसमेत पुरा नभएकाले स्थगित गरिएको उनले बताए । प्रदेश २ को १३६ वटा स्थानीय तह मध्ये अहिले ३० भन्दा बढी स्थानीय तहको अहिलेसम्म पनि अधिवेशन हुन सकेको छैन । सप्तरीका १८ मध्ये १५ वटा स्थानीय तहमा अझै विवाद रहेको छ । त्यसैगरि, सिराहा, महोत्तरी, सर्लाही, धनुषालगायतका जिल्लाका केही पालिकामा पनि विवाद कारण अधिवेशन हुन सकेको छैन ।

अध्यक्ष बुढाथोकीले भने, ‘एक सप्ताहको लागि समय दिए पनि प्रदेशका सबै पालिकाहरूबाट अहिलेसम्म प्रतिनिधि विवाद समाधान हुन सकेको छैन । ती विवाद समाधानका लागि एक दिनको समय तोकिएको छ । विवाद समाधान भएपछि आइतबारदेखि बन्दसत्र सुरु हुन्छ ।’

माओवादीका एक नेताका अनुसार प्रदेशमा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मातृका यादवबिचको मतभिन्नताको कारण प्रदेश अधिवेशनको समय लम्बिँदै गएको छ । न्युजकारखाना

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ८ : १० बजे

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले