१६ सय मतगणना हुँदा शशांक एक नम्बरमै (९९ जनाकै मतपरिणामसहित) | Khabarhub Khabarhub

१६ सय मतगणना हुँदा शशांक एक नम्बरमै (९९ जनाकै मतपरिणामसहित)


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको खुला ३५ जना केन्द्रीय सदस्यको मतगणना जारी छ । निकै ढिलो भइरहेको गणनामा हालसम्म १५८९ मत गणना भएको छ । शनिबार बिहान ११ बजे गणना सुरु भएको थियो । पछिल्लो मतपरिणाम अनुसार निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले सबैभन्दा धेरै मत ल्याएका छन् । उनले १३१३ मत पाएका छन् । यस्तै दोस्रो नम्बरमा १०२२ मतसहित एनपी साउद छन् ।

अजयबाबु सिवाकोटी ५७५ मतसहित ३५ औँ नम्बमा छन् । ३५ नम्बर भित्र अधिकांश सभापति शेरबहादुर देउवा प्यानलका छन् । कोइराला प्यानलका केही पुराना नेताहरु पनि ३५ भित्रै छन् । तर, देउवा प्यानलमा रहेका युवा नेताहरु भने ३५ भित्रै अटाएका छन् । जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले र राजीव ढुंगानालागयतका युवा नेताहरु ३५ भित्र छन् ।

तर, ४६८१ मत खसेकाले अहिले नै अन्तिम परिणाम कस्तो आउँछ भन्ने आकलन गर्न कठिन छ । करिब १००० मत गणना हुँदा ७० नम्बरमा रहेका राजीव ढुंगना १६ सय मत गणना हुँदा २६ औँमा आइपुगेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ८ : ५६ बजे

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै,

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा