दूतावासका कर्मचारीलाई कोरोना संक्रमण, यूएईमा कन्सुलर सेवा स्थगित « Khabarhub

दूतावासका कर्मचारीलाई कोरोना संक्रमण, यूएईमा कन्सुलर सेवा स्थगित


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- संयुक्त अरव ईमिरेट्स (यूएई) स्थित नेपाली दूतावासमा कार्यरत केही कर्मचारीलाई कोभिड-१९ को संक्रमण भएको भन्दै कन्सुलर सेवाहरू बन्द गरिएको छ ।

दूतावासले एक सूचना जारी गर्दै सेवा लिन आउनेहरुसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीहरूमा कोभिडको संक्रमण भई आवश्यक स्वास्थ्य सावधानी अपनाउनु पर्ने भएकाले  कन्सुलर सेवाहरु माघ ६ गतेदेखि केही दिनका लागि बन्द गरिएको जनाएको छ ।

दूतावासका अनुसार राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारेसनामा, मागपत्र प्रमाणीकरण लगायतका अन्य कागजात प्रमाणीकरणको काम स्थगन भएको छ । संक्रमणमुक्त भएको सुनिश्चित गरी स्थगित सेवाहरु यथाशीघ्र फेरि सुरू गरिने पनि जनाइएको छ ।

अत्यन्त जरूरी एवं भौतिक उपस्थिति विना लिन सकिने सेवाहरू भने यथावत प्रदान गरिएको दूतवासले जनाएको छ। यसका लागि दूतावासको फोन नम्बर ०२६३४४ ३८५ र ईमेल [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ८ : ०५ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर