प्रदेश सरकारलाई जसपा नेताको ‘हप्किदप्की’ | Khabarhub Khabarhub

प्रदेश सरकारलाई जसपा नेताको ‘हप्किदप्की’

भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्न सुझाव


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनता समाजवादी पार्टी नेपाल (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रदेश सरकारको कामप्रति असन्तुष्टी जनाउँदै जनगुनासो सम्बोधन गर्ने गरी काम गर्न सुझाव दिएका छन् ।

जसपाले सोमबार जनकपुरधाममा आयोजित बलिदानी दिवसलाई सम्बोधन गर्दै नेता महतोले प्रदेश सरकारका मन्त्रीदेखि मुख्यमन्त्रीसम्लाई काममा सुधार ल्याउन चेतावनी पनि दिएका छन्।

प्रदेशमा भ्रष्टाचारको गन्ध बढेको जनगुनासो रहेको उल्लेख गर्दै उनले सुशासन र पारदर्शी काम गर्न ध्यानाकर्षण गराए । प्रदेश सरकारले सुशासन कायम गर्न बनाएको लोकपाल विधेयक कार्यनव्यन गरी भ्रष्टचार नियन्त्रण गर्न उनले सुझाए ।

आफ्नै सरकारका मन्त्रीलाई ध्यानाकर्षण गराउँदै राम्रा कामको तारिफ पनि गरेका छन् । उनले संघीय सरकारले प्रदेश सरकारलाई काम गर्ने वातावरण नबनाएको पनि बताएका छन् । प्रदेश सरकार ओलीको हैकमले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै उनले प्रदेश सरकारसँग झण्डा र डण्डा मात्र रहेको बताए ।

‘प्रदेश सरकारले आँफूसँग भएको स्रोतसाधन र बजेट किन शतप्रतिशत सदुपयोग गर्न सकिरहेको छैन ?,’ उनले भने, ‘ओलीले आवश्यकता जति दिदैनन् । तर, भएको पूरा स्रोतसाधन परिचालन गर्नु पर्‍यो ।’

बजेट फ्रिज हुने गरेको उल्लेख गर्दै प्रदेश लोक सेवा आयोग गठन गरिसकेपछि किन ओलीको मुख ताकेर बसेको भन्दै उनले प्रश्न गरे ।
शहीदको बलमा देशमा संघीयता आएको र प्रदेश सरकार गठन भएको भन्दै उनले शहीदको सपना पूरा गर्नु पर्ने दायित्व प्रदेश सरकारको रहेको बताए ।

‘आन्दोलन सफल भए लगत्तै हामीले शहीद परिवारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थियौँ,’ उनले भने, ‘तर त्यति पैसा बराबरको शहीदका लागि काम गर्नु पर्‍यो ।’

शहीद परिवारलाई प्रति महिना भत्ताको दिन भन्दै लोक सेवा आयोगले गर्ने विज्ञापनमा शहीद आरक्षणको व्यवस्था गर्न उनले जोड दिए । शहीदको नाममा स्थापना भएको विद्यालयमा सुधार नभएको गुनासो गर्दै त्यसतर्फ समाजिक विकास मन्त्री नवल किशोर साहको ध्यानाकर्षण गराए ।

राजधानीको नामाकरण र स्थायी राजधानी प्रदेश सरकारले तय गर्न नसकेको प्रति असंतुष्टि जनाए । समयमै राजधानी र ननमाकरण गर्न भन्दै जनकपुरधामलाई स्थायी राजधानी बनाउन उनले संज्ञा दिए । प्रदेश सरकारका मन्त्रीहरु आफ्नो क्षेत्रमा बढी बजेट लगेको गुनासो गर्दै सुधार ल्याउन उनले बताए ।

जनकपुरधाम राजधानी भएपनि विकास किन नभएको प्रश्न गर्दै जनकपुरधाम विकास प्राधिकरण गठन गर्न गरी विकास निर्माण अगाडी बढाउन उनले सुझाए ।

‘संविधान निल्नु न ओकल्नु’
जसपाका नेता अनिल झाले संसद विघटन प्रति लक्षित गर्दै अहिले संविधान निल्नु, नअकोल्नु जस्तै भएको बताए । संघीय व्यवस्थासँगै संविधानमा कतिपय कुरा राम्रो रहेको उल्लेख गर्दै बाँकी अधिकारको लागि संघर्षमा रहेको बताए । तर, ओलीका कारण प्राप्त उपलब्धी र अधिकार पनि गुम्ने खतरा बढेको उनको भनाइ थियो ।

संसद पुनस्र्थापनाको पक्षमा रहेको भन्दै उनले यसको अर्थ चुनावसँग नडराएको बताउ । चुनावले सबैको हैसियत प्रष्ट पार्ने र मधेशको अधिकार संस्थागत गर्न तर्फ जसपा अग्रसर रहेको उनले बताए ।

संघीय संसदमा बहुमत नभए तब सम्म मधेश आन्दोलनको उदेश्य पुरा गर्न कठिनाई रहेको उनले औल्याए ।

शहीद प्रतिष्ठान गठन गर्ने
मुख्यमन्त्री लालबाबु राउतले मधेश शहीद प्रतिष्ठान घोष्णा गर्ने बताएका छन् । प्रतिष्ठान गठन गरी शहीद परिवारको पालनपोषण, शिक्षा, स्वास्थ्य रोजगारी र पार्क निर्माण लगायतको क्षेत्रमा मद्दत पुग्ने उनले बताए ।

शहीदको परिवारको लागि एक परिवार एक रोजगारी कार्यक्रम ल्याएको उल्लेख गर्दै स्थायी गर्न सरकार गम्भिर रहेको उनको भनाइ छ । प्रतिष्ठानमा शहीद परिवारको समेत सहभागिता रहने भन्दै सुझाब संकलन गरी काम गर्ने बताए ।

ओलीको सन्की पाराले प्रदेश सरकार पनि प्रभावित भएको गुनासो गर्दै उनले प्राप्त उपलब्धी संस्थागत गर्न ओलीकै कारण कठिनाई भएको आरोप लगाए ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ९ : २२ बजे

‘सरकार ! अहिराजका गुन्डाबाट सुरक्षा पाऊँ’

काठमाडौं– मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा हिरासतमा

कौसीमा ‘ड्रागन फ्रुट’ खेती : वार्षिक आठ लाख आम्दानी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले

गाजामा भोकमरी चरममा : झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा

जेरुसलेम- युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतमबुद्धको जन्मस्थल लुम्बिनी

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती