प्रहरी पोष्ट स्थापनापछि मेची पारि पनि पुग्यो नेपाली प्रशासन « Khabarhub

प्रहरी पोष्ट स्थापनापछि मेची पारि पनि पुग्यो नेपाली प्रशासन


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा-  झापा सदरमुकाम भद्रपुरको वडा नं. ५ मा मेची खोलामा नयाँ पुल बनेपछि नेपाली प्रशासनको उपस्थिती सीमा पारि सम्म पुगेको छ ।

सीमामा हुने आपराधीक गतिविधि तथा तस्करी नियन्त्रण गर्ने उद्देश्यले झापा प्रहरीले पुलदेखि पारि भारतसँग सिमाना जोडिएको स्थानमा प्रहरी ईकाई स्थापना गरेको हो । अस्थाई प्रहरी विट भनिएपछि सो प्रहरी ईकाईका लागि २ तले पक्की भवन निर्माण भएको हो ।

समुदायस्तरको पहलमा निर्माण गरिएको सो भवन १६ लाख ८० हजार रुपैयाँको लागतमा निर्माण भएको निर्माण समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईमार्फत भवन हस्तान्तरण गरिएको हो ।

नेपाल भारत सिमामा पर्ने मेचीनदी माथि नयाँ पक्की पुल बने पछि नेपाली प्रशासनको उपस्थिती सीमाक्षेत्र सम्म पुगेको हो । यस अघि सुरक्षा र चेकजाँचका लागि नेपाल प्रहरी पुलको पश्चिम नेपाली भूमिमा रहने गरेको थियो ।

अब विट निर्माणपछि नेपाली सुरक्षाकर्मीले नेपाल प्रवेश नाकामानै चेकजाँच तथा सुरक्षा बन्दोबस्ती गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ११ : ०१ बजे

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी– गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख

गृहमन्त्री अर्यालसमक्ष यातायातसम्बन्धी आयोगको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश तथा

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि