प्रहरी पोष्ट स्थापनापछि मेची पारि पनि पुग्यो नेपाली प्रशासन « Khabarhub

प्रहरी पोष्ट स्थापनापछि मेची पारि पनि पुग्यो नेपाली प्रशासन


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा-  झापा सदरमुकाम भद्रपुरको वडा नं. ५ मा मेची खोलामा नयाँ पुल बनेपछि नेपाली प्रशासनको उपस्थिती सीमा पारि सम्म पुगेको छ ।

सीमामा हुने आपराधीक गतिविधि तथा तस्करी नियन्त्रण गर्ने उद्देश्यले झापा प्रहरीले पुलदेखि पारि भारतसँग सिमाना जोडिएको स्थानमा प्रहरी ईकाई स्थापना गरेको हो । अस्थाई प्रहरी विट भनिएपछि सो प्रहरी ईकाईका लागि २ तले पक्की भवन निर्माण भएको हो ।

समुदायस्तरको पहलमा निर्माण गरिएको सो भवन १६ लाख ८० हजार रुपैयाँको लागतमा निर्माण भएको निर्माण समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईमार्फत भवन हस्तान्तरण गरिएको हो ।

नेपाल भारत सिमामा पर्ने मेचीनदी माथि नयाँ पक्की पुल बने पछि नेपाली प्रशासनको उपस्थिती सीमाक्षेत्र सम्म पुगेको हो । यस अघि सुरक्षा र चेकजाँचका लागि नेपाल प्रहरी पुलको पश्चिम नेपाली भूमिमा रहने गरेको थियो ।

अब विट निर्माणपछि नेपाली सुरक्षाकर्मीले नेपाल प्रवेश नाकामानै चेकजाँच तथा सुरक्षा बन्दोबस्ती गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ११ : ०१ बजे

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको