प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा सुनुवाइ सुरू « Khabarhub

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा सुनुवाइ सुरू


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वभर श्रेष्ठ, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा उक्त रिटमाथि आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।

आजको बहस रिट निवदेकका तर्फबाट शिवकुमार यादबले गरिरहेका हुन् ।

यसअघि सोमबार वकालतनामाका लागि तयार भएका अधिवक्ताको संख्यालाई मध्यनजर गर्दै इजलासले बहस छोट्याउन पनि सुझाएको थियो । सोमबारको सुनुवाइमा दिनभरमा दुई जना अधिवक्ताले बहस गरेका थिए ।

अधिवक्ता दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले मात्रै बहस गरेर एक दिनको समय गुजारेपछि इजलासले अधिवक्ताहरूलाई समयको ख्याल गर्न सुझाएको थियो ।

अधिवक्ता पोखरेलले मात्रै आइतबार ३ बजेस्म बहस गरेपछि इजलासबाट न्यायाधीश अनिलकुमार सिन्हाले अधिवक्ता पोखरेललाई अरूलाई पनि समय दिन पर्नेतर्फ ध्यानाकर्षण गराउँदै भनेका थिए- ‘३६३ वटा वकालतनामाहरू परेका छन् । यो सुनुवाइ गर्दागर्दै चुनावको तयारी सम्पन्न भई, झारखण्डको चुनाव जस्तो, यो संसद् विघटन गलत हो तर चुनावको तयारी भइसकेको हुनाले र पब्लिक मतका लागि जागिसकेको हुनाले कतै चुनावलाई रोक्नु नपर्ने भन्ने अवस्था पर्ला ।’

आइतबारको बहसमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधिसभा विघटन गर्न नमिल्ने भन्दै डेढ वर्षअघि गरेको टिप्पणीले पनि प्रवेस पाएको थियो ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि परेका सबै १३ वटै रिटमाथि संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर बहस भइरहेको छ ।

रिट निवेदकहरूले नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  १२ : १२ बजे

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ

आज फागुन ७ गते। आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन गृहमन्त्रीको आह्वान

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको

एमालेसँगको तालमेल गल्ती थियो, यस पटक सबै ढोका बन्द गरिसकेँ : राजेन्द्र लिङ्देन (अन्तर्वार्ता)

काठमाडौं– फागुन २१ गते आयोजना हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र

कोलम्बोको मैदानमा श्रीलंका पराजित, जिम्बाब्वे ६ विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले