टिचिङ अस्पतालका डाक्टरमाथि कुटपिट « Khabarhub

टिचिङ अस्पतालका डाक्टरमाथि कुटपिट


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टरमाथि हातपात भएको छ ।

आज बिहान एकजना ८० वर्षीय बिरामीको मृत्यु भएपछि उनका आफन्तले डा. सबिन भण्डारीमाथि कुटपिट गरेका हुन् ।

कुटपिटमा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

अस्पतालले बिरामीको कोरोनाका कारण मृत्यु भएको जनाए पनि आफन्तले त्यो कुरा स्वीकार गरेनन् । आक्रोशमा आएका मृतकका आफन्तले ड्युटीमा खटिएका डाक्टरमाथि नै कुटपिट गरेको उनको भनाइ छ ।

मृतकको शव अस्पतालमै राखिएको छ । गुल्मी घर भएका उनलाई तीन दिनअघि बुटवलबाट थप उपचारका लागि काठमाडौं ल्याइएको थियो तर उपचारकै क्रममा उनको आज बिहान निधन भएको थियो ।

डाक्टरमाथि कुटपिट गर्नेलाई महाराजगञ्ज प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ५ : १६ बजे

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा