रुकुम पश्चिममा कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर « Khabarhub

रुकुम पश्चिममा कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडी बजारमा नेापली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी राउण्ड हवाइ फायर गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख (डीएसपी) ध्रुवकुमार श्रेष्ठले स्थिति नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रु ग्यास र हवाइ फायर गरेको जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार दुवै पार्टीका कार्यकर्ताबीच सोमबार बेलुकी झड्प भएको थियो। सोमबार सहमति गरे पनि मंगलबार बिहानैदेखि पुनः झडप सुरु भएको थियो।

उनले घटना स्थलमा जिल्ला प्रहरी कार्यालयको टोली र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताए । उनले ५ बजेदेखि अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको समेत जानकारी दिए ।

झडपमा ९ नम्बर वडाका वाडाध्यक्ष तारकबहादुर शाही र ३ प्रहरी गरि ४ जना घाइते भएका छन् ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ५ : ५१ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर