चुरे बचाऔँ अभियानको प्रदर्शनमा प्रहरी हस्तक्षेप « Khabarhub

चुरे बचाऔँ अभियानको प्रदर्शनमा प्रहरी हस्तक्षेप


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- चुरे संरक्षण अभियानले प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडि गरेको विरोध प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको छ ।

मंगलबार चुरे तथा वन जङ्गल संरक्षण अभियानले चुरे बचाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि गरेको  विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरीहरीले प्रर्दशनकारीलाई रेलवे लिक भन्दा अगाडि जान दिएको थिएन ।  रेलवे स्टेशनबा सुरु भएको प्रर्दशन भानु चोक हुँदै मुख्यमन्त्री कार्यालय पुगेको थियो ।

प्रर्दशनमा उत्रिएकाहरुले ‘भ्रष्ट मन्त्री राजिनामा देउ’, ‘चुरे माफियालाई कारबाही गर’, ‘अवैध रुपमा खोला उत्खनन गर्न पाइँदैन’ लगायतका नाराबाजी गरेका थिए ।

प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी रोकेको  चुरे बचाउ संघर्ष समितिका प्रदेश संयोजक संयोजक सुनिल कुमार यादवले बताए ।

चुरे जोगाउन पटक-पटक सरकारलाई पत्राचार गरेपनि बेवास्ता गरेकाले प्रदर्शनमा उत्रिन बाध्य भएको उनले बताए ।

संयोजक यादवका अनुसार अभियानले चरणबद्ध आन्दोलन सुरु गरेको छ ।

यसैगरी अभियानले महोत्तरी जिल्लाका वनका डेफो हेमनत साहमाथि मुद्दा चलाउन समेत माग गरेको छ । वन प्रमुख साहले महोतरीको रम्तेल डाडा सामुदायिक वनको अनाधिकृतरुपमा तस्कर संग मिलेर चार सय रुख कटान गरेको आरोप लगाएका छन् ।

‘वनको प्रमूखलाई बचाउन सानो कर्मचारीलाई मात्र कारबाही भएको छ,’उनले भने, ‘वन फडानी गर्न निर्देशन दिएको हाकिमलाई उम्काउने प्रयास हुँदै छ ।’

अभियानले मिथिला नगरपालिकाका ओम प्रकाश भनिने दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर्नु पर्ने, प्रदेश २ सरकारले अनुमती दिएका क्रसर उद्योगमा छानबीन गरी मापदण्ड विपरीतलाई तत्काल बन्द गर्नुपर्ने र सिरहामा सञ्चालित मारुती सिमेन्टले कानुन विपरीत अतिक्रमण गरेको जग्गा पुनः वनको नाममा फिर्ता हुनु पर्ने माग गरेका छन् ।

यस्तै रौतहटमा सागरनाथ वन विकास परियोजनाको अतिक्रमित दुई सय हेक्टर जग्गा फिर्ता गर्नु पर्ने र बीपी पुष्पलाल सामुदायिक वन रौतहटको एकसय हेक्टर अतिक्रमित जग्गा फिता गर्नुपर्ने लगायतको माग राखेका छन् ।

अभियानले माघ ८ गते रौतहटको गौर, माघ ९ गते सलार्हीको मलंगवा, माघ ११ गते महोत्तरीको जलेश्वर, माघ १३ गते सिरहामा र माघ १७ गते विरगंजमा विरोध प्रर्दशन गर्ने जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ६ : ३० बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका