स्वस्तिमा भन्छिन्, ‘पल्पसालाई न्याय गर्छु’ « Khabarhub

स्वस्तिमा भन्छिन्, ‘पल्पसालाई न्याय गर्छु’


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ  पत्रकार तथा लेखक नारायण वाग्लेद्वारा लेखिएको उपन्यास ‘पल्पसा क्याफे’ अब नाटकका रुपमा दर्शकमाझ आउने भएको छ ।

नाटकमा अभिनेत्री स्वस्तिमा खड्काले शीर्ष भूमिका निभाउदैछिन् ।

अभिनेत्री स्वस्तिमाले पल्पसा बन्ने प्रस्ताव आएकाले आफूले स्वीकारेको बताइन् । ‘नाटक गर्न पाए आफ्नो अभिनयको दायरा फराकिलो हुने सोच थियो,’राजधानीमा मंगलबार पत्रकारमाझ उनले भनिन्, ‘पाठकको कल्पनामा रहेकी पल्पसालाई न्याय गर्छु भन्ने लागेको र सोहीअनुसार तयारी गरिरहेको छु ।’

उनले आफूहरु वर्कसपमा व्यस्त रहेको र पाठकको अपेक्षा पूरा हुने गरी आफूले मेहनत गरिरहेको खुलाइन् ।

पत्रकार तथा लेखक वाग्लेले ‘पल्पसा क्याफे’ पहिलो प्रेमपत्र भएकाले दोस्रो प्रेमपत्र लेख्न आवश्यकता नपरेको जिकिर गरे ।

‘पहिलो प्रेमपत्र नै सफल भएपछि दोस्रो लेख्नुपर्ने आवश्यकता ठानिनँ । पहिलो प्रेमपत्र जुन अनेस्टी र इनोसेन्समा लेखिन्छ, त्यो दोस्रोमा हुँदैन’, उनले भने ।

वाग्लेले यसअघि पनि उपन्यास नाटक वा फिल्मका लागि मागिएको भए पनि दिन मन नलागेको खुलाए ।

नाटक निर्देशक विमल सुवेदीको उद्देश्य र शैलीका बारेमा विश्वस्त भएपछि नाट्य रुपान्तरणका लागि अनुमति दिएको उनले जनाए ।

‘मकैको अर्कै खेती’, ‘सान्दाजुको महाभारत’, ‘साबिती’आदि नाटक निर्देशन गरेका सुवेदीले दुई वर्ष अघि एउटा निर्देशक वर्कसपमा द्वन्द्व सम्बन्धी नाटक गरेपछि यही विषयले छोएर पल्पसालाई नाट्य रुपान्तरण गर्न कस्सिएको बताए ।

थिएटर भिलेजले मण्डला थिएटरसँगको सहकार्यमा निर्माण गरिरहेको नाटक आउँदो चैत वा वैशाखमा मञ्चन गर्ने तयारी गरेको छ ।

कास्टिङ निर्देशक तथा सहायक निर्देशक दीलिप रानाभाटले नाटक सातै प्रदेशमा गर्ने योजना रहेको अवगत गराए ।

नाटकमा स्वस्तिमा खड्कासँगै समापिका गौतम, साजनकुमार सुनुवार, जेनी सुनुवार, दीपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईको अभिनय रहनेछ ।

सुरज सुवेदीले उपन्यासलाई नाटकमा रुपान्तरण गरेका हुन् ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ७ : २५ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक