पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग « Khabarhub

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ ।

नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कोरोनाका कारण जनता छटपटिरहेको, व्यापार व्यवसाय खस्केको र रोजगारी गुमेको विकराल अवस्थामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि ठीक नभएको भन्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन ।

“एकातिर राजनीतिक अस्थिरताको भूमरीमा देश परिरहेको र अर्कातिर कोरोनाका कारण दैनिक जीवन कष्टकर हुँदै गएको बेला जनताको ढाड सेक्ने गरी भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दछौँ”, उनले भने ।

अध्यक्ष ढुङ्गानाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभए आन्दोलन गर्ने बताए ।

नेपाल आयल निगमले भने भारतबाटै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकाले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ७ : ५२ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका