लुम्बिनीको जित, अनिलले लिए ४ विकेट « Khabarhub

लुम्बिनीको जित, अनिलले लिए ४ विकेट


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश सुखद् सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदनमा भएको खेलमा लुम्बिनीले ७७ रनको जीत हात पारेको हो।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले प्रदेश २ सामु २ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

तर, उक्त लक्ष्य पछ्याएको प्रदेश २ ले ४२.४ ओभरमा सबै विकेट गुमाएर १सय८० रन मात्रै बनाउन सक्यो।

आफ्नो पहिलो खेलमा पराजित भएको प्रदेश २ का लागि विवेक यादवले अर्धशतकिय इनिङ्स खेले। उनले ४८ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५१ रन बनाए। यस्तै प्रदेश २ का लागि सुधिर चौधरीले ४२ रन, महेबुब आलमले ३१ रन, हरिशंकर शाहले २२ रन बनाए ।
प्रदेश २ विरुद्व अनिल खरेलले उत्कृष्ट बलिङ गरे। जसमा उनले १० ओभरमा २ मेडन ओभरसहित २४ रन खर्चेर ४ विकेट लिएका हुन्। यस्तै, विक्रम भुषाल र दिपेन्द्र रावतले समान २/२ विकेट लिए भने कृष्ण कार्की र अमित तामाङले १/१ विकेट लिए।

यसअघि पहिलो ब्याटिङ गरेको लुम्बिनीका लागि सन्दीप रजालीले र सौरभ खनालले अर्धशतकीय इनिङ्स खेले । सन्दीपले ८३ रनको योगदान दिदा सौरभले ५६ रन बनाएका थिए ।
यस्तै बिक्रम भुसालले ३६ रन बनाएका थिए । सन्दीप सुनार ११ रनमा आउट हुँदा कप्तान कृष्ण कार्कीले १० रन जोडेका थिए ।

प्रदेश-२ का हरिशंकर साहले ३ विकेट लिए । त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट लिएका थिए ।
समूह बी मा रहेको लुम्बिनीले २ अंक जोडेको छ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ४ : १३ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान