पाँच पत्रकारलाई ललितकला पुरस्कार « Khabarhub

पाँच पत्रकारलाई ललितकला पुरस्कार


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर–नेपाल ललितकला पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पत्रकारहरुलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा ‘नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कार–२०७६’बाट दीपक श्रेष्ठ (विहीन) र २०७७ बाट सिर्जु बज्राचार्य पुरस्कृत भएका छन् ।

कला पत्रकारिता र कला इतिहासका अग्रणी व्यक्तित्व नारायणबहादुर सिंहको स्मृतिमा नेपाल ललितकला पत्रकार समाजले यो पुरस्कार स्थापना गरेको हो ।

यसैगरी, ‘सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार–२०७६’ बाट पत्रकार हेमन्त गौतम पुरस्कृत भएका छन् । त्यस्तै, २०७७ सालको सोही पुरस्कारबाट दीपक परियार पुरस्कृत भएका छन् ।

क्रोधकला शिरोमणि कालु कुमालेले स्वर्गीय पत्नी लक्ष्मीमाया कुमालेको स्मृतिमा सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् ।

यसैगरी, ‘सोफाज ललितकला पत्रकारिता पुरस्कार’बाट राधा पौडेल (अजवी) पुरस्कृत भएकी छन् । सबै पुरस्कारको राशि ११ हजार १ सय ११ रुैपयाँको रहेको छ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, क्रोधकला शिरोमणी कालु कुमाले र सोफाजका अध्यक्ष केशवराज खनालले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन् ।

कार्यक्रममा कुलपति कर्माचार्यले पुरस्कृतहरुलाई बधाई दिनुहुँदै ललितकलाको विकास र विस्तारमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताए ।

नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ रमेश खनालले पुरस्कृतहरुलाई शुभकामना दिए ।

यसैबीच, बिहिबार सम्पन्न सोफाजको साधारणसभाले केशवराज खनाललाई तीन वर्षका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको छ । यस्तै, उपाध्यक्ष मधु शाही, महासचिव देवेन्द्र थुम्केली, सचिव संगीता श्रेष्ठ र कोषाध्यक्षमा सुनिता लोहनी चयन भएका छन् ।

यसैगरी, सदस्यहरूमा दिवेशमान सिंह प्रधान, सुनिता साखकर्मी, सीताराम बडाल, रामनाथ घिमिरे र प्रकृति दाहाल छन् । एक सदस्य पछि थप गरिने समेत जनाइएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १२ : ३० बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको