कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ? « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा दिएको राजीनामा अस्वीकृत गरेको छ ।

चैत ६ गतेदेखि सुरु भएको बैठक आइतबार बिहानदेखि रातिसम्म करिब १२ घण्टा सञ्चालन भई सम्पन्न भएको हो । बैठक पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको थियो ।

बैठकले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको जिम्मेवारी कुनै एक व्यक्ति वा सीमित नेतृत्वको मात्र नभई समग्र पार्टीको साझा दायित्व भएको निष्कर्ष निकालेको छ । साथै, वर्तमान राजनीतिक परिस्थितिमा सभापति थापाको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनको राजीनामा सर्वसम्मत रुपमा अस्वीकृत गरिएको जनाइएको छ ।

यस्तै, बैठकमा उपसभापति शर्माले प्रस्तुत गरेको प्रारम्भिक समीक्षा प्रतिवेदन सुझावसहित परिमार्जन गरेर पारित गरिएको छ। अन्तर्राष्ट्रिय सन्दर्भमा, मध्यपूर्वमा चर्किएको द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसले यथाशीघ्र युद्ध अन्त्यको अपेक्षा गरेको छ। युद्ध प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकारलाई सक्रिय हुन आग्रह गरिएको छ।

त्यसैगरी, इरानको बन्दर अब्बास बन्दरगाहमा नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झाको सकुशल उद्धार गरी नेपाल ल्याउन सरकारसँग माग गरिएको छ । बैठकले जेनजी प्रदर्शनसम्बन्धी घटनामा गठित गौरीबहादुर कार्की जाँचवुझ आयोग को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

यसैगरी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना भएको भन्दै कांग्रेसले मूल्य घटाउन र सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ। बैठकले विभिन्न समय अवधिमा निधन भएका पार्टीका अग्रज नेताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ। बैठकमा पार्टीका शीर्ष नेतादेखि केन्द्रीय सदस्यसम्मले धारणा राखेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १० : ०६ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड