नेप्से सूचकको यो साता नयाँ रेकर्ड « Khabarhub

नेप्से सूचकको यो साता नयाँ रेकर्ड


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेप्से सूचकले यो साता नयाँ रेर्कड कायम गरेको छ । कारोबार रकम गत साताको तुलनामा घटेको भएपनि नेप्सेले भने यो साता नयाँ उचाई चुमेको छ ।

नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच कार्य दिन नै खुल्ला रहेकोमा पहिलो दिन नेप्से घटेपनि बाँकी दिनहरुमा भने नेप्से उच्च अंकले बढेको थियो ।

सोही आधारमा नेप्सेले यो साता २६ सय ३६ दशमलव ६८ बिन्दुको शिखर चुम्दा सेन्सिटिभ इन्डेक्स पनि चार सय ८१ दशमलव ७८ अंकको शिखर चुमेको छ ।

नेप्सेमा यो साता दुई सय आठ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट तीन लाख ६९ हजार नौ सय ५३ पटकको कारोबारमा नौ करोड २३ लाख ६६ हजार तीन सय ५३ कित्ता सेयर किनबेच भएको छ । कुल सेयर कारोबार रकम ४४ अर्ब १४ करोड ४९ लाख ७१ हजार एक सय ८४ रुपैयाँ पुगेको छ ।

गत साता भने नेप्सेमा दुई सय छ वटा कम्पनीहरुको तीन लाख ८५ हजार छ सय १३ पटकको कारोबारमा सात करोड तीन लाख ११ हजार २२ कित्ता सेयर खरिद बिक्री भएका थिए ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ४५ अर्ब २६ करोड ८५ लाख २७ हजार सात सय ६७ रुपैयाँ पुगेको थियो ।

यो साता नेप्से पहिलो दिन घटेपनि बाँकी दिनहरुमा भने उच्च अंकले बढेको थियो । सोही आधारमा पहिलो दिन २४ सय ९३ दशमलव ५९ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिनसम्म पुग्दा २६ सय ३६ दशमलव ६८ अंकमा चढेको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन चार सय ५४ दसमलव १२ अंकमा झरेकोमा अन्तिम दिनसम्म पुग्दा चार सय ८१ दसमलव ७८ अंकमा चढेको थियो ।

बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा यो साता नेपाल पुर्नबीमा कम्पनी कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक आदि परेका छन् । पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक आदि परेका छन् ।

यो साता मुक्तिनाथ विकास बैंक, लक्ष्मी लघुबित्त बित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली, कामना सेवा विकास बैक आदिको बोनस तथा हकप्रद सेयर नियमित कारोबारका लागि सूचीकृत भएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ३ : ०४ बजे

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने