अब चितवनमा पनि ट्राफिक जरिवाना ग्लोबल आइएमई बैंकबाट भुक्तानी गर्न सकिने | Khabarhub Khabarhub

अब चितवनमा पनि ट्राफिक जरिवाना ग्लोबल आइएमई बैंकबाट भुक्तानी गर्न सकिने


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– अब चितवनमा पनि ट्राफिक जरिबाना बापत बुझाउनुपर्ने रकम ग्लोबल आइएमई बैंक मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारी अनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिबाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ ।

चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको शुभारम्भ गरेका हुन्। ग्राहकवर्गको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले समयसमयमा यस किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

बैंकका नारायणगढ शाखाका प्रबन्धक नारायण प्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैंकले आम जनमानसमा सरल सेवा प्रदान गर्ने कुरा व्यक्त गरे ।

बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, ४७ राजश्व संकलन एवम् एक्सटेन्सन काउन्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ४ : ४३ बजे

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले

सर्लाही कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, व्यवस्थापनमा समस्या

बरहथवा– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा