प्रदेशमा संघीय सरकारको छड्के नजर « Khabarhub

प्रदेशमा संघीय सरकारको छड्के नजर


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौैँ— सत्तारुढ दल नेकपा विभाजन भएपछि संघीय सरकारले प्रदेशमा हात हालेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १५ महिनाअघि नियुक्त प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार पदमुक्त गरी राजेश झालाई नियुक्त गरेकी छन् ।

यसअघि पूर्ववर्ती सरकारको सिफारिसमा नियुक्त सात वटै प्रदेशका प्रदेश प्रमुखहरू दुई वर्ष नपुग्दै २०७६ कात्तिमा पदमुक्त गरिएका थिए । पदमुक्त गरेको अवस्थाबाहेक प्रदेश प्रमुखको कार्यकाल पाँच वर्ष हुने व्यवस्था छ ।

यसपछि सातै प्रदेशमा एकसाथ नियुक्त भएका मध्ये प्रदेश २ मा परियार प्रदेश प्रमुख थिए । तीन वर्षमा प्रदेश २ मा झा तेस्रो प्रदेश प्रमुख हुन् ।

संविधानको धारा १६५ मा प्रदेश प्रमुखको पद रिक्त हुने सम्बन्धी व्यवस्था छ । राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा, पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले पदमुक्त गरेमा र मृत्यु भएमा प्रदेश प्रमुखको पद रिक्त हुने व्यवस्था छ ।

राष्ट्रपतिले नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गर्ने र पदमुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

पूर्ववर्ती सरकारको सिफारिसमा नियुक्त प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेर वर्तमान सरकारले पार्टीका दुई पक्षबीचको भागबण्डाका आधारमा सात वटै प्रदेशमा एक साथ प्रदेश प्रमुखहरू नियुक्त गरेको थियो ।

प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश २ मा तिलक परियार, वाग्मतीमा विष्णुप्रसाद प्रसाईं, गण्डकीमा अमिक शेरचन, लुम्बिनीमा धर्मनाथ यादव, कर्णाली गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त भएका थिए । यीमध्ये प्रदेश २ का परियार, गण्डकीका शेरचन र सुदूरपश्चिमकी पन्त पूर्वमाओवादी तर्फका हुन् ।

नेकपा विभाजनको असर प्रदेश सरकारमा पनि परेको छ । प्रदेश १ र वागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध सत्तारुढ नेकपाकै एउटा पक्षले अविश्वास प्रस्ताव दर्ता गराएको छ ।

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईको पक्षले प्रदेशसभा बैठक अवरुद्ध गरेर अविश्वासको प्रस्ताव अघि बढ्न नदिएपछि प्रदेशसभा बैठक स्थगित छ । वागमती प्रदेशमा सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगन गरिदिएका छन् ।

निर्वाचन घोषणा भए पनि संघीय सरकारले विभिन्न नियकायहरूमा आफूअनुकूल नियुक्ति गरिरहेको छ । सरकारले प्रदेश २ का प्रदेश प्रमुखबाट बर्खासी पनि सुरु गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ५ : ०० बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त