प्रजातन्त्र दिवसमा अवसरमा जग्गाधनी पुर्जा वितरण « Khabarhub

प्रजातन्त्र दिवसमा अवसरमा जग्गाधनी पुर्जा वितरण


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सिन्धुलीमा जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

नापी भएका र गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्धित जग्गा धनीलाई प्रजातन्त्र दिवसको अवसर पारेर नापी कार्यालयले जग्गाधनी पुर्जा वितरण गरेको हो ।

कार्यालयमा आयोजित एक कार्यक्रममार्फत सुनकोशी गाउँपालिका–७ का ७६ वर्षीया शान्ता मायादेवी तामाङलाई मालपोत कार्यालयका प्रमुख निलराज पौडेलले जग्गाधनी पुर्जा हस्तान्तरण गरे ।

वर्षौदेखि भोगचलन गर्दै आएका तर जग्गा धनी प्रमाण पुर्जा नहुँदा समस्यामा परेका जग्गाधनीलाई पुर्जा वितरण गरिएको हो । कार्यालयले प्रजातन्त्र दिवसका अवसरमा सुनकोशी–७ मझुवा, तीनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ, मरिण गाउँपालिका–४ र घ्याङलेख गाउँपालिका–२ बस्तिपुरमा रहेका गाउँ ब्लकमा रहेका जग्गधनीलाई पुर्जा वितरण गरिएको हो ।

कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद बडालले सुनकोशी–५ का २३, तीनपाटन–८ का चार, मरिण–४ का आठ र घ्याङलेख–२ का आठलाई जग्गाधनी पुर्जा वितरण गरिएको उनले जानकारी दिए ।

कार्यालयले सबै विवरण मालपोत कार्यालयमा पठाउने र अबका ६० दिनपछि सम्बन्धित जग्गाधनीले कानुनीरुपमा किनबेच गर्न तथा धितो राखेर ऋण निकाल्न सक्ने उनको भनाइ छ । पुर्जा पाएपछि खुसी हुँदै शान्ता मायादेवी तामाङले धेरै संघर्षले पुर्जा पाएको बताइन् । जग्गाको पुर्जा दिएकामा उनले सम्बन्धित सबैलाई धन्यवाद दिँदै अब जग्गाको बिक्री गर्ने कानूनी बाटो खुलेको बताइन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १० : ३० बजे

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले

दुई महिनामा झण्डै साढे ४ खर्ब भित्रियो रेमिट्यान्स

काठमाडौँ– चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा झण्डै ४ खर्ब

पोखरा विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली जडान प्रक्रिया अघि बढ्यो

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण