प्रजातन्त्र दिवसमा अवसरमा जग्गाधनी पुर्जा वितरण « Khabarhub

प्रजातन्त्र दिवसमा अवसरमा जग्गाधनी पुर्जा वितरण


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सिन्धुलीमा जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

नापी भएका र गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्धित जग्गा धनीलाई प्रजातन्त्र दिवसको अवसर पारेर नापी कार्यालयले जग्गाधनी पुर्जा वितरण गरेको हो ।

कार्यालयमा आयोजित एक कार्यक्रममार्फत सुनकोशी गाउँपालिका–७ का ७६ वर्षीया शान्ता मायादेवी तामाङलाई मालपोत कार्यालयका प्रमुख निलराज पौडेलले जग्गाधनी पुर्जा हस्तान्तरण गरे ।

वर्षौदेखि भोगचलन गर्दै आएका तर जग्गा धनी प्रमाण पुर्जा नहुँदा समस्यामा परेका जग्गाधनीलाई पुर्जा वितरण गरिएको हो । कार्यालयले प्रजातन्त्र दिवसका अवसरमा सुनकोशी–७ मझुवा, तीनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ, मरिण गाउँपालिका–४ र घ्याङलेख गाउँपालिका–२ बस्तिपुरमा रहेका गाउँ ब्लकमा रहेका जग्गधनीलाई पुर्जा वितरण गरिएको हो ।

कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद बडालले सुनकोशी–५ का २३, तीनपाटन–८ का चार, मरिण–४ का आठ र घ्याङलेख–२ का आठलाई जग्गाधनी पुर्जा वितरण गरिएको उनले जानकारी दिए ।

कार्यालयले सबै विवरण मालपोत कार्यालयमा पठाउने र अबका ६० दिनपछि सम्बन्धित जग्गाधनीले कानुनीरुपमा किनबेच गर्न तथा धितो राखेर ऋण निकाल्न सक्ने उनको भनाइ छ । पुर्जा पाएपछि खुसी हुँदै शान्ता मायादेवी तामाङले धेरै संघर्षले पुर्जा पाएको बताइन् । जग्गाको पुर्जा दिएकामा उनले सम्बन्धित सबैलाई धन्यवाद दिँदै अब जग्गाको बिक्री गर्ने कानूनी बाटो खुलेको बताइन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १० : ३० बजे

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट