एक पटक एक धनी सज्जन रामकृष्ण परमहंसकहाँ गयो । उसले रामकृष्णलाई दान लिन आग्रह गर्यो— महाराज, यो धन स्वीकार गर्नुहोस् । यसलाई परोपकारको काममा लगाउनुहोस् ।’
परमहंस मुस्कुराए र भने— भाइ, मैले तिम्रो धन लिएँ भने मेरो चित्त त्यसैमा लाग्नेछ । यसबाट मेरो मानसिक शान्ति भङ्ग हुनेछ ।
धनी मानिसले तर्क दियो— महाराज, तपाईं र परमहंस हुनुहुन्छ । जो कामिनी कञ्चनको महासमुद्रमा स्थित भएर सदैव त्यसबाट अलग रहनुहुनेछ ।’
परमहंश गम्भीर भए— भाइ, के तिमीलाई ज्ञान छैन ? असलभन्दा असल तेल पनि धेरै दिनसम्म पानीको संसर्गमा रह्यो भने अशुद्ध हुन थाल्छ र त्यसबाट दुर्गन्ध आउन थाल्छ ।’
धनी सज्जनले आफ्नो आग्रह छोडिदियो ।
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ किताबबाट
प्रतिक्रिया