अबको युद्धमा आर्टिफिसियल इन्टेलिजेन्स | Khabarhub Khabarhub

अबको युद्धमा आर्टिफिसियल इन्टेलिजेन्स



भविष्यमा हुने सम्भावित युद्धमा आर्टिफिसियल इन्टेज्लिजेन्स (एआई) को महत्त्वपूर्ण भूमिका हुने धेरैले अनुमान गरेको विषय हो । स्काइ नेट र टर्मिनेटर जस्तो तहमा त्यो नहोला तर स्वतन्त्र मेशिनले आफू र हामीलाई समेत विस्फोट गर्न सक्छन् ।

जसरी अनुमान गरिएभन्दा फरक तवरले भविष्यको रहस्य उद्घाटन हुँदै गएको छ, त्यसले हामीले अनुमान गरेको जस्तो अवस्था नआउने देखाउँछ । मेशिनले विकास गरेको एआईको तह हामीले अनुमान गरेको भन्दा फरक दिशातर्फ गइरहेको छ ।

एआई एउटा कृत्रिम शब्दावली हो । यसको अर्थ समयअनुसार परिवर्तन हुँदै आएको छ । यो हाम्रो बुझाइ र इन्टिलिजेन्स आफैँ के हो भन्ने विषय नै समयक्रमा बदलिएको पाइन्छ ।

आज हामीले एआईलाई एउटा प्राविधिक उपलब्धिका रूपमा बुझेका छौँ जसले कम्प्युटरलाई मानिसको निर्णय प्रक्रियामा बद्लाव ल्याउन निर्देशन दिन सक्छ । मेशिनको अध्ययन यो परिवारभित्रको एक सदस्यलाई बुझ्न खोजिएको प्रयास मात्रै हो ।

आधुनिक कम्प्युटर प्रयोगमा आएसँगै ‘एआई’ ले सन् २००१ को फिल्म ‘अ स्पेस ओडीसी’ मा प्रयोग भएको शब्द ‘एचएएल ९०००’ को जस्तो छवि बनाएको छ । मान्छेको निर्देशन विना, स्वतन्त्र काम गर्न सक्ने कम्प्युटर आउन अझै समय लाग्नेछ ।

यो अवधिमा मेशिनको काम गर्न सक्ने क्षमतामा भने नाटकीय हिसाबमा वृद्धि भएको छ, जसले आफैँ मूल्याङ्कन गर्न सक्छ । के काम गर्ने भन्ने आफैँ पहिचान गर्न र त्यसमा काम गर्न सक्छ । यस्ता मेशिन राष्ट्रिय सुरक्षाजस्ता क्षेत्रमा धेरै उपयोगी हुन सक्छन् ।

मेशिनले अध्ययन, प्रक्रियाको विकास र मान्छेको दिमागको नक्कल गर्न सक्छ । मान्छेको मस्तिष्क कोषले कसरी स्नायु प्रणालीमा काम गर्छ भन्ने कुरा मेशिनमा ढाँचाबद्ध गरिएको हुन्छ ।

यो प्रक्रियालाई ‘तथ्याङ्क चालित’ प्रक्रिया पनि भन्न सकिन्छ, जसमा कुनै काम दिएपछि त्यसको कारण र असर पत्ता लगाउने क्षमता हुन्छ । मान्छेको दिमागले कुनै ज्ञान निर्माण र निर्णय आफैँ गर्न सकेजसरी ।

शुरूमा मेशिनको सिक्ने प्रक्रियाको विकासले आधुनिक कम्प्युटरको विकास दर्शाउँथ्यो । सन् १९४३ मा वारेन म्याकुलोच र वाल्टर पिट्सले एक कोषीय नेटकर्वको पहिलो गणितीय ढाँचा बनाए । सन् १९४९ मा डोनाल्ड ओ हेबले कोषीय विज्ञानमा एक अग्रणी काम गरे ।

उक्त अध्ययनले मान्छेले आफ्नो व्यवहार कसरी सङ्गठित गर्छ भन्ने पत्ता लगाउँदै स्मृति प्रक्रियाका विषयमा एक अवधारणा प्रस्तुत गर्‍यो । सन् १९५२ मा आईबीएम अनुसन्धानकर्ता अर्थर स्यामुलले कोषीय नेटर्वकलाई कम्प्युटरको कार्यसँग जोड्दै ‘मेशिन अध्ययन’ भन्ने शब्दावली विकास गरे ।

शुरूवाती चरणमा एआईले कोषीय नेटर्वक अनुसन्धानलाई खासै उपयोगी देखेको थिएन । १९७० र ८० को दशकमा अनुसन्धानकर्ता जसले साइन्स फ्रिक्सनबाट एआईलाई यथार्थमा रूपान्तरण गर्ने प्रयास गरे । त्यसका लागि उनीहरूले तर्क सङ्गत हिसाबमा कम्प्युटरले ‘सोच्न’ सक्ने प्रक्रिया शुरूवात गर्ने कोशिस गरेका थिए ।

ज्ञानमा आधारित प्रणाली कम्प्युटरको एल्गोरिदममा भर पर्‍यो । गणितीय नियमले कम्प्युटरको गणितसँग सम्बन्धित कार्यलाई निधारण गर्‍यो । यसरी विकास भएको यो प्रणालीले सन् १९९० को दशकसम्म आइपुग्दा एउटा पडाव पार गरिसकेको थियो ।

शताब्दीको अन्त्यसम्म मेशिन अध्ययन प्रक्रिया कम्प्युटर प्रविधिको एउटा महत्त्वपूर्ण विकासका रूपमा अघि आयो । यो कम्प्युटर विज्ञान र तथ्याङ्क विज्ञानको संयुक्त रूपको परिणाम थियो ।

नयाँ व्यवस्थाले अकल्पनीय संख्याको सूचना र अव्यवस्थित तथ्याङ्कलाई ‘एल्गोरिदम बुट’ का माध्यमबाट बुझ्न सकिने बनायो । यही ‘तथ्याङ्क चालित’ प्रविधिले ‘स्माटर’ कम्प्युटर निर्माणको प्रक्रियालाई तीव्रता दिएको थियो ।

अहिले मेशिन अध्ययन गर्ने प्रविधि सर्वत्र र सबै क्षेत्रमा उपलब्ध हुन थालेको छ । विशेष गरी बोली र अनुहार पहिचानका आधारमा । एउटा बजार अनुसन्धानले के देखाएको छ भने, ‘सफ्टवयर, हाडवयर र अन्य क्षेत्रमा गरी एक सय ५६ दशमलव ५ बिलियन लगानी छ ।

यो आँकडा सन् २०२० सम्मको हो । यो २०१९ को तुलनामा १२ प्रतिशतले वृद्धि हो । कोरोना भाइरसले अर्थतन्त्रको अन्य क्षेत्रमा नकारात्मक असर पुर्‍याउँदै गर्दा यो वृद्धि असाधारण हो ।

भविष्यको आकलन

भविष्यमा एआईलाई आवश्यक पर्ने महत्त्वपूर्ण वस्तुहरू मेशिन अध्ययन प्रविधिबाट हासिल नहुन सक्छ तर हालको विकासक्रममा उसले पुर्‍याएको योगदानका विषयमा प्रश्न गर्ने कुनै ठाउँ छैन ।

आगामी पुस्ताको कम्प्युटर सेवामा मेशिन अध्ययन प्रक्रिया एउटा महत्त्वपूर्ण हिस्सेदार हुने कुरामा दुईमत छैन ।

आगामी पाँच वर्षमा प्रवेश हुने कम्प्युटर प्रविधिले हामीलाई कहाँ पुर्‍याउने छ ? स्पष्ट छ, मानव निर्णय क्षमतालाई कम्प्युटर निर्णय क्षमताले विस्थापन गर्नेछ । मेशिनको सहकार्यमा मानिसको कार्य क्षमता निर्धारण हुनेछ ।

उदाहरणका लागि राम्रो निर्णय गर्न सक्ने र सही र पर्याप्त सूचना सङ्कलन गर्न सक्ने कम्प्युटरलाई भविष्यमा जोडीका रूपमा अघि बढाउन सकिन्छ । आगामी पाँच वर्षमा यस्तो प्रविधि सरकारी क्षेत्रमा बाढीका रूपमा प्रवेश गर्नेछ ।

यसले हामीलाई कहाँ पुर्‍याउने छ ? एउटा स्पष्ट उदाहरण भनेको मानव निर्णय क्षमतालाई कम्प्युटर निर्णय क्षमताले विस्थापन गर्नेछ । यो यतिमा मात्रै सीमित रहने छैन । एमआईटी सेन्टर फर कलेक्टिव इन्टिलेजेन्सका निर्देशक थोमस मेलोन भन्छन्, ‘तीन प्रकारका मेशिनको सहकार्यमा मानिसको कार्य क्षमता निर्धारण गर्नेछ ।’

यी सबै कार्य संरचनालाई राष्ट्रिय सुरक्षा र रक्षाका क्षेत्रमा प्रयोग गर्न सकिनेछ तर युद्ध तिनीहरूले नियन्त्रण गर्न सक्ने छैनन् । मेशिनले अध्ययन गर्ने प्रक्रिया किन महत्त्वपूर्ण हुन्छ भन्ने कुरा यहाँ उल्लेख गर्न आवश्यक छ ।

यदि तिनले स्थापित ढाँचाको अध्ययन गर्न सके भने त्यहाँ धेरै डाटा सङ्कलित हुन्छन् । यसको एउटा उदाहरण ट्राफिक नियन्त्रणमा हुन सक्छ । कम्प्युटरले पहिलाको गतिविधिको अध्ययनबाट भविष्यको ट्राफिकलाई कसरी नियन्त्रण गर्ने भनेर सो निर्णय गर्न सक्छ ।

युद्धको समयमा भने यो प्रक्रिया धेरै अव्यवस्थित हुन सक्छ । यसले सीमित तथ्याङ्कबाट असीमित काम गर्न सक्ने हुँदा यो युद्धको समयमा अव्यवस्थित हुने खरता रहन्छ ।

भविष्यको सोच्ने प्रक्रिया

यदि स्नायु नेटर्वक र मेशिन अध्ययन प्रक्रिया एआईलाई निर्देशित गर्ने प्रमुख प्रविधि भए भने, युद्धको समयमा एआई प्रयोग गर्ने सम्भावना एकदम न्यून हुन्छ ।

नाटकीय हिसाबमा एआईको सोच्ने प्रक्रिया विकास भयो भने यसले भविष्यमा सैन्य गतिविधिलाई चुनौती दिनेछ । यदि मेशिन अध्ययन प्रक्रिया आगामी शताब्दीको एक तिहाई भागसम्म रह्यो भने एआई वैश्विकरूपमा राष्ट्रिय सुरक्षा र सैन्य गतिविधिका लागि खासै उपयोगी हुँदैन । यसले हाम्रो युद्ध हाम्रो लागि लड्ने छैन ।

अर्कोतर्फ यदि एआई युद्धको मौदानबाट बाहिर निस्कियो भने पनि सैन्य गतिविधि सम्बन्धी धेरै एप एआईले प्रयोग गर्न सक्नेछ । उदाहरणका लागि, मेशिन अध्ययन प्रक्रियाबाट झुटो समाचार तयार पार्न सकिनेछ, प्रपोगाण्डा सामग्री तयार गर्न सकिनेछ । युद्धको वातावरण झनै युद्धोत्तर बनाउन यसको भूमिका हुनेछ ।

सैन्य गतिविधिमा एआई कसरी प्रयोग भएको छ भन्ने कुरा अन्य कारकले पनि निर्धारण गर्नेछ । निजी क्षेत्रको विकाससँग नयाँ सम्भावना सहितको लगानीकर्ता भित्रिने छन् । यसलाई रक्षा गतिविधिमा संलग्न गर्न सकिन्छ ।

अर्कोतर्फ अन्तर्राष्ट्रिय सम्झौता र नैतिक बन्धनले एआई युद्ध रोक्ने प्रयास गर्नेछ । महाशक्ति राष्ट्रबीचको टकरावले पनि भविष्यको युद्ध निधारण गर्नेछ । अमेरिका र चीन दुवैले त्यस दिशातर्फ काम गरेकाले पनि उक्त विषय नकार्न सकिँदैन । त्यसमा न्यूनतम विन्दु त रहन्छ नै । भविष्यमा युद्ध भएको खण्डमा त्यो एआईले लड्ने युद्ध होस् भन्ने अपेक्षा गरौँ ।

(काराफानो सुरक्षा चुनौती र विदेश नीतिका वरिष्ठ अनुसन्धानकर्ता हुन् । १६ मार्च २०२१ मा द न्याशनल इन्ट्रेस्टमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ९ : ०१ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको

हिमालयन पावरले हकप्रद शेयर जारी गर्ने 

काठमाडौं– हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको

दार्चुला जिप दुर्घटना : मृतकको सङ्ख्या आठ पुग्यो

खलङ्गा– दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौं– गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको

कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित  जलवायु परिवर्तनसम्बन्धी