पाकिस्तानी प्रधानमन्त्री खानले लगाए कोभिडबिरूद्धको खोप « Khabarhub

पाकिस्तानी प्रधानमन्त्री खानले लगाए कोभिडबिरूद्धको खोप


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद(एएनआई)- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोनाभाइरसविरूद्धको खोप लगाएका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीसहित उच्च अधिकारीले खोप लगाई चीनको सिनोभ्याक खोप कोभिड–१९ विरूद्धको अभियानका लागि सुरक्षित रहेको सन्देश दिएका छन् ।

चीनबाट प्राप्त सिनोफर्म खोप पाकिस्तानमा दोस्रो पटक पठाइएको र खोप रहेका गाडीहरूलाई पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले रावलपिंडीको नूर खान एयरबेसमा बुझेका तस्बीरहरू पाकिस्तानी समाचार संस्थाहरूले महत्वका साथ सम्प्रेषण गरेका छन् ।

पाकिस्तानमा सिनोफर्मद्वारा विकास गरिएको उक्त खोप मात्र उपलब्ध छ । यसअघि, चीनले फेब्रुअरी १ मा पाकिस्तानलाई सिनोफर्मका पाँच लाख मात्रा कोभिड–१९ विरूद्धका खोप उपलब्ध गराएको थियो ।

उक्त खोपलाई पहिलो चरणमा अग्र पङ्तीमा काम गर्ने कर्मचारीलगायत जोखिम देखिएका अन्य नागरिकहरूलाई दिइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ६ : २५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको