भारतमा  २४ घण्टामा ३९ हजारभन्दा धेरैमा संक्रमण « Khabarhub

भारतमा  २४ घण्टामा ३९ हजारभन्दा धेरैमा संक्रमण


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

६ महिनादेखि संक्रमण घट्दै गएको भारतमा फेरि संक्रमित बढ्न थालेका छन् । पछिल्लो २३ घण्टामा त्यहाँ ३९ हजार ६४३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको यो संख्या वर्षकै धेरै हो ।

यसअघि ५ चैत्रमा ३५ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १५ लाख १३ हजार ९४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १५५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार ४०५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १० लाख ८१ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ७३ हजार २०५ छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ६ : ५१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको