नेपाली दूतावास कुवेतका कर्मचारीलाई कोरोना संक्रमण « Khabarhub

नेपाली दूतावास कुवेतका कर्मचारीलाई कोरोना संक्रमण


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतस्थित नेपाली दूतावासका एक जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भौतिक उपस्थिति भएर लिनुपर्ने सेवा बन्द गरेको जनाएको छ ।

स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि कर्मचारी कोभिड-१९ बाट संक्रमित भएकाले सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी हाललाई राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा कागजात जारी सम्बन्धी सेवा बन्द गरिएको दूतावासले जनाएको जनाएको छ ।

दूतावासले बिहीबार अर्को सूचना नआएसम्म माथि उल्लेखित सेवा बन्द गरिएको जनाएको हो । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति दूतावास क्षमाप्रार्थी रहेको समेत जनाएको छ ।

यस अवस्थामा सेवाग्राहीहरूलाई अत्यावश्यक सेवा सम्बन्धी  महत्वपूर्ण जानकारी लिनुपरेमा दूतावासको हटलाइन नम्बर ९८८६९१२१ र टेलिफोन नम्बर २५३२१६०३, २५३२१६०४, २५३२१६०५ वा [email protected] मा  सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ८ : ३५ बजे

नेता थापा भन्छन् : एमाले विरुद्ध चलाइएको भ्रमको पर्दा च्यातियो

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले एमाले विरुद्धको भाष्यको

त्रिपुरेश्वर आत्मदाह घटनाको निष्पक्ष छानबिन माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन

गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारबाट गैँडा जोगिएको आज एक

जलवायु संकटबारे तीन वर्षअघि नेपालबाट दिएको चेतावनी सम्झाउँदै गुटेरेसले भने, ‘विश्वको छानो भत्किँदैछ’

न्युयोर्क- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको सङ्कटले विश्वलाई

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा– मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौं