नेपाली दूतावास कुवेतका कर्मचारीलाई कोरोना संक्रमण « Khabarhub

नेपाली दूतावास कुवेतका कर्मचारीलाई कोरोना संक्रमण


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतस्थित नेपाली दूतावासका एक जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भौतिक उपस्थिति भएर लिनुपर्ने सेवा बन्द गरेको जनाएको छ ।

स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि कर्मचारी कोभिड-१९ बाट संक्रमित भएकाले सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी हाललाई राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा कागजात जारी सम्बन्धी सेवा बन्द गरिएको दूतावासले जनाएको जनाएको छ ।

दूतावासले बिहीबार अर्को सूचना नआएसम्म माथि उल्लेखित सेवा बन्द गरिएको जनाएको हो । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति दूतावास क्षमाप्रार्थी रहेको समेत जनाएको छ ।

यस अवस्थामा सेवाग्राहीहरूलाई अत्यावश्यक सेवा सम्बन्धी  महत्वपूर्ण जानकारी लिनुपरेमा दूतावासको हटलाइन नम्बर ९८८६९१२१ र टेलिफोन नम्बर २५३२१६०३, २५३२१६०४, २५३२१६०५ वा [email protected] मा  सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ८ : ३५ बजे

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर