विराटनगर महानगरमा आपत्कालीन कार्यालय सञ्चालन « Khabarhub

विराटनगर महानगरमा आपत्कालीन कार्यालय सञ्चालन


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगर महानगरपालिकाले आपत्कालीन अवस्थामा नागरिकको जनधनको क्षति न्यूनीकरण गर्नका लागि ‘स्थानीय आपत्कालीन’ कार्यालय बिहीबारदेखि सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले मानगढमा कार्यालयको उद्घाटन गरे ।

उनले चौबीसै घण्टा सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित कार्यालयले नागरिकलाई विपद्को समयमा आवश्यक सहयोग प्रदान गरी क्षति न्यून गर्ने बताए ।

महानगरका प्रमुख कार्यकारी अधिकृत उमेश बस्नेतले जिल्ला विपद् व्यवस्थापनको सहकार्यमा आपत्कालीन सेवाबाट कार्य सञ्चालन गर्ने बताए ।

हाल कार्यलयमा विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री रहेको र आवश्यकतानुसार थप गर्दै जाने सोही अवसरमा जानकारी दिइएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ९ : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु