विराटनगर महानगरमा आपत्कालीन कार्यालय सञ्चालन « Khabarhub

विराटनगर महानगरमा आपत्कालीन कार्यालय सञ्चालन


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगर महानगरपालिकाले आपत्कालीन अवस्थामा नागरिकको जनधनको क्षति न्यूनीकरण गर्नका लागि ‘स्थानीय आपत्कालीन’ कार्यालय बिहीबारदेखि सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले मानगढमा कार्यालयको उद्घाटन गरे ।

उनले चौबीसै घण्टा सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित कार्यालयले नागरिकलाई विपद्को समयमा आवश्यक सहयोग प्रदान गरी क्षति न्यून गर्ने बताए ।

महानगरका प्रमुख कार्यकारी अधिकृत उमेश बस्नेतले जिल्ला विपद् व्यवस्थापनको सहकार्यमा आपत्कालीन सेवाबाट कार्य सञ्चालन गर्ने बताए ।

हाल कार्यलयमा विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री रहेको र आवश्यकतानुसार थप गर्दै जाने सोही अवसरमा जानकारी दिइएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ९ : ४५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,