दुर्घटनामा एकको मृत्यु « Khabarhub

दुर्घटनामा एकको मृत्यु


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ ।

खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का  ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

जङ्गलमा लु५८प ७०४८ नंको स्कुटर र चालक लडिरहेको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले रानालाई राति नै उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याएको थियो ।

जिल्ला अस्पतालबाट थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएकामा पुरनो मेडिकल कलेजले रानालाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । रातको समयमा आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो वा कुनै सवारीले ठक्कर दिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १० : ३० बजे

सुकुम्वासी बस्ती खाली गर्ने विषयविरुद्ध रिट दायर

काठमाडौं– काठमाडौंका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती

सेवालाई नवीनतम प्रविधिमा अब्बल बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र मेसिनहरूले मात्र अबको

वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्रचार

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन

मन्त्रिपरिषद् निर्णय : संसद्को ‘बिजनेस’का लागि अधिवेशन स्थगन

काठमाडौं– मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ