जाँदा आकासमा आउँदा बाकसमा ! « Khabarhub

जाँदा आकासमा आउँदा बाकसमा !



दोहा– रेमिट्यान्सले धानेको हाम्रो देशको अर्थतन्त्रको सामाजिक मूल्य निकै महँगो बन्दै गएको छ । सुन्दर भबिष्य अनि परिवारलाई सुखी राख्ने अनेकौ सपना बोकेर नेपालबाट विभिन्न देश पुगेका नेपाली युवा-युवती काठको रातो बाकसमा प्याक भएर फर्किरहेका छन्।

प्रकाश सपूतको ‘बोल माया’ गीतमा भने जस्तो ‘धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा। कस्तो भई गयौ कस्तो भई आयौ काठको बाकसमा।’

यस्तै नियति भोग्नु परिरहेको छ बिदेशिने धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले भने हरेक दिन एक न एक जना नेपाली काठको रातो बाकसमा फर्किरहेका छन् ।

यी मध्येका एक हुन् ताप्लेजुङ, साँघुकी ४४ वर्षीया देवीमाया लिम्बू । कुवेतबाट स्वदेश फर्कनका लागि डिपोर्टेसन सेन्टरमा रहेकी लिम्बू पनि यात्रु बनेर त्यहाँ पुगेकी अहिले शव बनेर रातो बाकसमा फर्किएकी छन् ।

करिव ३ बर्ष अघि घरेलु कामदारको रुपमा कुवेत पुगेकी लिम्बुको गत मार्च ६ तारिख कुवेतको फर्वानिया हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी त्यहाँस्थित नेपाली दूतावासको सहयोगमा नेपाल फर्किनको लागि डिपोर्टेसन सेन्टर पुगिसकेकी थिइन।

गैरकानुनी रुपमा बसोबास गरिरहेकी उनको खुट्टा सुन्निने, खोकी लागिरहने खकारमा रगत देखिने समस्या भएको करण सेन्टरमा अचानक सिकिस्त भएपछि उनलाइ कुवेत कुवेत प्रहरीले नै उपचारका लागि हस्पिटल लगेको र उनको मृत्यु भएको थियो ।

मृतको शव स्वदेश पठाउन आर्थिक अभाव भएपछि विभिन्न संघसस्था तथा सहयोगी मनहरुबाट सहयोग रकम संकलन गरी शव नेपाल पठाईएको देव लिम्बूले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । उनको बिहीबार धरानमा अन्त्योटी गरेको छ। मृतकका दुई छोरा र एक छोरी छन्।

नेपालबाट कुवेतमा घरेलु कामदार पठाउन इजाजत छैन
विभिन्न म्यानपावर एजेन्टहरुले भारत, बङ्लादेश, दुबई तथा श्रीलंका लगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरु पठाउने गरेका छन्। मृतक लिम्बू पनि भारतीय बाटो हुदैँ कुवेत प्रवेश गरेको बुझिएको छ।

यसरी गैरकानुनी बाटो हुदैँ खाडीका विभिन्न देशहरुमा पुग्ने कामदारले श्रम स्वीकृति हुँदैन् र सम्बन्धित नेपाली दूतावासहरुले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शवहरु अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुदा विदेशमै अन्तिम संस्कारसमेत गर्ने गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १२ : ११ बजे

सर्वदलीय बैठक : सबै दल समेटेर २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाइने

काठमाडौं- सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ

युद्धको घेरामा मध्यपूर्व, विश्वभर चिन्ता

पेरिस– मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविरामबारे अन्तिम चरणको वार्ता

तेहरान- अमेरिका र इरानबीच ४५ दिनको युद्धविरामबारे अन्तिम चरणको वार्ता

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं– गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न बौद्ध घ्याङ

इजरायलमा इरानी हमला, घरको भग्नवाशेषभित्र दुई शव भेटिए

जेरूसेलम- इजराइलको हाइफा शहरमा इरानी मिसाइल आक्रमणपछि भग्नावशेषबाट २ जनाको