सर्वपक्षीय बैठकमा कांग्रेसले उठायो सुरक्षा चुनौती र सरकारको जिम्मेवारीबारे प्रश्न « Khabarhub

सर्वपक्षीय बैठकमा कांग्रेसले उठायो सुरक्षा चुनौती र सरकारको जिम्मेवारीबारे प्रश्न


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उत्पन्न हुनसक्ने कुनै पनि सुरक्षा थ्रेटको जिम्मेवारी सरकारकै हुने स्पष्ट पारेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सहभागीसहित धारणा राख्दै कांग्रेस प्रतिनिधि गगन थापा र पुष्पा भुसालले निर्वाचनमा सुरक्षा चुनौती देखिएकाले यसको जिम्मा सरकारले लिनुपर्ने बताएका हुन्।

नेतृ भुसालका अनुसार कांग्रेसले बैठकमा ‘कुनै प्रकारको सुरक्षा थ्रेट स्वीकार्य छैन’ भन्ने स्पष्ट सन्देश दिएको थियो। उनले भनिन्, ‘यदि कुनै थ्रेट भयो भने यसको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ भन्ने कुरा हामीले प्रष्ट्याएका छौँ।’

उनले वर्तमान सरकारलाई निर्वाचन रोक्ने वा नगराउने छुट कतै नभएको प्रस्ट पारिन्।
‘यो सरकारले फागुन २१ गतेको निर्वाचन नगराउने विकल्प छैन,’ भुसालले भनिन्।

उनका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीले पनि सरकार चुनाव गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
‘हामी चुनाव सामाना गर्न तयार छौँ भन्ने सन्देश प्रधानमन्त्रीले सरकारी तर्फबाट दिनुभयो,’ उनले भनिन्।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ८ : १८ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका