कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि सर्वेक्षण | Khabarhub Khabarhub

कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि सर्वेक्षण


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– कालीगण्डकी नदीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि सर्वे गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालन गर्न छ वटा समूहले स्थलगत परीक्षण तथा सर्वे गरेको हो । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयान सञ्चालनको योजना बनाइएको छ ।

सरकारले नेपालका विभिन्न नदीमा जस्तै कालीगण्डकीमा पनि पानीजहाज सञ्चालन गर्न बिहीबारदेखि सर्वे शुरु गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौँका निमित्त प्रमुख विपिनराज भण्डारीले जानकारी दिए । उनले अन्तरराष्ट्रियस्तरमा सञ्चालन हुने पानीजहाजमा नेपालको झण्डा राखेको पानीजहाज सञ्चालन गर्ने योजना रहेको र आन्तरिकरुपमा नेपालका नदीमा पानीको बहावअनुसारका साना खालका पानीजहाज सञ्चालन गरिने बताए ।

कोशी नदीमा तुम्लिङटारदेखि चतरासम्म, नारायणीमा देवघाटबाट तल गण्डकसम्म काली नदीमा राम्दीदेखि देवघाटसम्म तथा कर्णाली नदीमा जहाज सञ्चालनका निम्ति सर्वेको काम गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौँका निमित्त प्रमुख भण्डारीको भनाइ छ ।

जलस्रोतविद् अनुप खनालले नदीमा पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेकामा जोड दिए । जलस्रोतविद् खनालले कालीगण्डकी नदीमा नेपालमै पहिलो पटक अत्याधुनिक मेसिनबाट पानीको गहिराइ नाप गरिएको, केही ठाउँमा गहिराइ नपुग्ने तथा छेउछाउका ढुङ्गा हटाउनुपर्ने ठाउँमा हटाउने र अन्तरराष्ट्रियस्तरमा भएका प्रयासलाई प्रयोग गरी तयार गरेको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिए ।

६ वटा टोलीले कालीगण्डकी नदीमा परीक्षण गर्दैछ । विसं २०४०/४१ तिर पानीको अनुमानित आँकलनबाट पनि सञ्चालन भएको जलयान कालीगण्डकी नदीमा सफल भएकाले अहिले प्रविधिको प्रयोगबाट सुरक्षित हिसाबले नापजाँच परीक्षण गरिएको टोलीले जानकारी दिएको छ ।

आफ्नो क्षेत्रमा राष्ट्रिय गौरवको योजनाका रुपमा कालीगण्डकीमा पानीजहाजको अवधारणा अघि सारिएको सङ्घीय सांसद दलबहादुर रानाले बताए । काली नदीको किनारैकिनार करिडोर तथा कालीगण्डकीमा पानीजहाज सञ्चालन भयो भने छिमेकी देश भारतसम्म यहाँ उत्पादित सामानलाई बिक्रीवितरणलगायत सामान आयात निर्यातमा समेत सहज हुने सांसद रानाको भनाइ छ ।

पुल निर्माणले गति लिँदै

पुल निर्माण शुरु भएको १० वर्षसम्म कालीगण्डकी नदीमा रोकिएको पुल निर्माणले पुनः गति लिन थालेको छ । पाल्पाको रामपुर नगरपालिका–८ भुजातघाट तथा स्याङ्जाको चापाकोट नगरपालिका–९ निर्दिमघाट जोड्ने कालीगण्डकी नदीमा बन्ने मोटरेबल पुलको निर्माण कार्य थालिएको हो ।

प्राविधिक कारण देखाइ ठेकेदारको लापर्वाहीका कारण रोकिएको पुल पुनःनिर्माण कार्य थालिएको पुल निर्माण समितिका उपसंयोजक त्रिलोचन अधिकारीले जानकारी दिए ।

कन्काइ नेपाल प्रगति मिलिनियम जेभी कन्ट्रक्सन प्राली काठमाडौँले ठेक्काको जिम्मेवारी पाएको छ । पुल निर्माणस्थलमा माटो परीक्षण गरी यसअघिको सम्झौतालाई म्याद थप गरी निर्माण कार्य अगाडि बढाइएको छ ।

पहिले जमीनदेखि छ मिटर गहिराइ राखेर पर्खाल लगाउने भने पनि प्राविधिक कारण समस्या आएपछि १४ मिटर तलबाट पर्खाल लगाएर निर्माणको काम थालेको समितिले जनाएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले डिजाइन स्वीकृत गरी निर्माण थालिएको र तीव्र गतिमा काम सम्पन्न गर्ने योजना रहेको जानकारी दिए । एक सय ५२ मिटर लामो मोटरेबल पक्की पुल को स्याङ्जा पाल्पातर्फ एक/एक वटा र बीचमा गरी तीन वटा पर्खाल निर्माण गरिएको छ ।

यसअघि २०६६/६७ मा निर्माण शुरु गरिएको पुल निर्माण रोकिएर पुनः थालनीका लागि २०७७ मङ्सिरमा निर्माणको सम्झौता भएको हो । यसअघि रु १७ करोड लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता भएकामा २० प्रतिशत रकम थपेर निर्माण कार्य शुरु गरिएको समितिले जनाएको छ ।

समितिका उपसंयोजक अधिकारीका अनुसार अबको २०७८ असारसम्ममा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । पुल निर्माणपछि लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा उत्पादित विभिन्न कृषिउपजलाई अन्य क्षेत्रसम्म बिक्रीवितरणका निम्ति पुर्‍याउन सकिने बताए । उनका अनुसार, कालीगण्डकी करिडोर पनि तीव्र गतिमा निर्माण भइरहेकाले यस क्षेत्रलाई व्यापारिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्रका रुपमा विकास गर्न सकिने छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १२ : ४१ बजे

विद्यालय विकास कार्यक्रम प्रभावकारी

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको

च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया सेमिफाइनलमा

लाहोर – अफगानिस्तानसँगको खेल वर्षाले अवरुद्ध भएपछि अस्ट्रेलिया च्याम्पियन्स ट्रफी

ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित

बागलुङ– भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको

ट्रम्पसँगको वार्तामा तनाव भएपछि जेलेन्स्कीले भने- स्वतन्त्रता गुमाउन सकिँदैन

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता तनावमा सकिएपछि युक्रेनी

आज यी स्थानमा बिजुली काटिने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको सतुङ्गलगायतका क्षेत्रमा आज बिजुली कटौती