भाजपा राजनीतिमा ‘रामायण’का ‘राम’ « Khabarhub

भाजपा राजनीतिमा ‘रामायण’का ‘राम’


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय चर्चित टेलिफिल्म ‘रामायण’ मा ‘राम’ चरित्र निर्वाह गरेर चर्चामा आएका अभिनेता अरुण गोविल भारतीय जनता पार्टी(भाजपा)को राजनीतिमा प्रवेश गरेका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार उनले नयाँदिल्लीमा रहेको भाजपाको कार्यालयमा पार्टीको सदस्यता लिएका हुन् । उनलाई भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले सदस्यता दिलाएका थिए ।

‘अहिलेको समयमा हाम्रो जुन कर्तव्य हो, त्यो गर्नुपर्छ । मलाई राजनीतिको बारेमा आजभन्दा अगाडि थाहा थिएन । तर मोदीजीले जब देश सम्हाल्नुभयो, तब देशको परिभाषा नै बद्लियो । मेरो दिल र दिमागमा जे कुरा आउँछ, त्यो कुरा गर्छु’, उनले भनेका छन् ।

भारतका ६ राज्यमा हुन लागेको विधानसभा चुनाव अघि अरुणको भाजपा प्रवेशलाई विशेष रुपमा हेरिएको छ । तर पार्टीमा उनको जिम्मेवारी के हुन्छ त्यो निश्चित भइसकेको छैन ।

यद्यपि पार्टीको सदस्यता लिएपछि विधानसभा चुनावमा उनी उम्मेद्वार हुनसक्ने आँकलन गरिएको छ । तर गोविल र भाजपाले यो विषयमा मुख खोलेको छैन ।

अरुण अघि ‘रामायण’मा ‘सीता’ बनेकी दीपिका चिखलिया, ‘हनुमान’ बनेका दारा सिंह र ‘रावण’को भूमिका निभाएका अरविंद त्रिवेदी पनि राजनीतिमा आइसकेका छन् । दीपिकाले भाजपाको टिकटमा दुईपटक चुनाव लडिसकेकी छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  २ : ०० बजे

आज विश्व हिमनदी दिवस

काठमाडौं– आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूहले

चैत १२ गते २ बजे नयाँ सांसदको शपथ : दुई घण्टा अगाडि उपस्थित हुनुपर्ने, थप के छ सूचनामा ?

काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ सम्बन्धी सूचना संघीय

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ