भोलिको केन्द्रीय कमिटी बैठकमा सबै उपस्थित हुनुपर्छ : गौतम « Khabarhub

भोलिको केन्द्रीय कमिटी बैठकमा सबै उपस्थित हुनुपर्छ : गौतम


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा एमालेको भोलिको केन्द्रीय कमिटी बैठकमा सबै उपस्थित हुनुपर्ने बताएका छन् ।

भोलिका लागि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

आज ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै नेता गौतमले अध्यक्ष ओलीविरुद्ध संघर्ष गरिरहेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहिताका नेताहरु पनि भोलिको बैठकमा उपस्थित हुनुपर्ने बताए ।

उनले भने, ‘अब केन्द्रीय कमिटी बैठकबाटै लडाइँ गर्नुपर्छ । बैठकमा सबै सहभागी भएर खबरदारी गर्ने बेला यही हो ।’

उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओली र वरिष्ठ नेताहरु नेपाल र खनाल दुवै दोषी रहेको बताउँदै सामूहिक रुपमा बैठकबाटै समस्या हल गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १ : २० बजे

सुकुम्वासी बस्ती खाली गर्ने विषयविरुद्ध रिट दायर

काठमाडौं– काठमाडौंका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती

सेवालाई नवीनतम प्रविधिमा अब्बल बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र मेसिनहरूले मात्र अबको

वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्रचार

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन

मन्त्रिपरिषद् निर्णय : संसद्को ‘बिजनेस’का लागि अधिवेशन स्थगन

काठमाडौं– मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ