राजीनामा घोषणा गर्दै महान्यायाधिवक्ता खरेलले भने– पार्टीले दिएको जिम्मेवारी सम्हाल्छु « Khabarhub

राजीनामा घोषणा गर्दै महान्यायाधिवक्ता खरेलले भने– पार्टीले दिएको जिम्मेवारी सम्हाल्छु


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महान्यायाधिवक्ता अग्नि खरेल राजीनामा दिएका छन् । खरेलले पत्रकार सम्मेलन गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा खरेलले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएको बताए । उनले प्रधानमन्त्रीसँग छलफल गरेरै राजीनामा दिएको पनि बताएका छन् ।

खरेलले अब राजनीतिमा सक्रिय हुने संकेत पनि गरेका छन् । उनले पार्टीले दिएको जिम्मेवारी सम्हालने बताए । उनले भने, ‘विगतमा जे गरेको थिएँ, साविककै तिर जाने आशयका साथ राजीनामा दिएको छु । अब बाँकी जीवन राजनीतिक जीवनमै फर्किन्छु । पार्टीले दिएको जिम्मेवारी सम्हाल्छु।’

उनले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको कुरा पनि गलत भएको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीसँगै थिएँ, पछि पनि रहनेछु । प्रतिनिधि सभा विघटनको मुद्दामा महान्यायाधिवक्तासँग प्रधानमन्त्री असन्तुष्ट रहेको भन्ने कुरामा कुनै सत्यता छैन । विघटनमा हामीले प्रतिरक्षा गर्नु संविधान सम्मत थियो । प्रधानमन्त्रीसँग म अहिले पनि छु र पछि पनि रहनेछु ।’

पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  २ : २० बजे

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै

बालेन्द्र क्याबिनेटको निर्णयसँगै पक्राउ पर्न सक्छन् ओली र लेखक

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र

महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

काठमाडौं– महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएकी

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको पहिलो निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन