संसदमा कांग्रेसको प्रश्न : सर्वोच्चले असंवैधानिक भनिसकेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नु पर्दैन ? « Khabarhub

संसदमा कांग्रेसको प्रश्न : सर्वोच्चले असंवैधानिक भनिसकेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नु पर्दैन ?


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै खाँणले सर्वोच्चले असंवैधानिक भनेको अवस्थामा प्रधानमन्त्रीले नैतिक उत्तरदायी हुनु पर्दैन भनेर प्रश्न गरे ।

‘संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै पुनःस्थापना भएको छ ।’ उनले भने, ‘यस्तो अवस्थामा प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नु पर्दैन ?’

सांसद खाँणले यो सरकार बनेदेखि नै संविधानमाथि प्रहार गरेको टिप्पणी गरे । उनले उनले भने, ‘संविधानको रक्षा गर्नु र पालना गराउनु सरकारको दायित्व हो । तर सरकारले नै संविधानमाथि पटक पटक प्रहार गर्दै आएको छ ।

सरकार बनेकै दिनदेखि विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको उल्लेख गर्दै उनले भने, ‘माइतीघरमा भेला हुन नपाउने, बोल्न नपाउने जस्ता निर्णय गरेर सरकारले गलत बाटो लियो ।’

मिडियाको मुख थुन्नका लागि मिडिया विधेयक तथा सूचना र प्रविधि विधेयक ल्याइएको उनले आरोप लगाए । यस्तै, गुठी विधेयक ल्याएर गुठियारहरूमाथि अन्याय गरेको पनि उनले बताए ।

जुन स्प्रिडमा संविधान बनाइएको थियो त्यही स्प्रिड अनुसार पालना गर्दै हुनुहुन्छ ? भन्दै उनले सरकारका मन्त्रीहरूलाई नै प्रश्न गरे ।

सरकारले मेलम्चीको पानी आफ्नै मात्रै कारणले काठमाडौं आएको भन्दै नारा लगाएको प्रति उनले असन्तुष्टि पोखे । सन्त नेता एवं पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले देखेको महत्वकांक्षी सपना भएकाले मेलम्ची आयोजनामा उनको नाम कतै पनि उल्लेख नभएको भन्दै खाँणले सरकारलाई गम्भीर हुन आग्रह गरे ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  २ : ३२ बजे

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै

बालेन्द्र क्याबिनेटको निर्णयसँगै पक्राउ पर्न सक्छन् ओली र लेखक

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र

महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

काठमाडौं– महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएकी

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको पहिलो निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन