बच्चाको दाँतमा हुने समस्या यसरी हल गरौँ « Khabarhub

बच्चाको दाँतमा हुने समस्या यसरी हल गरौँ


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकलका अधिकाशं बच्चा दाँतको समस्याबाट ग्रसित हुन्छन् । शिशु उमेरबाटै चकलेट तथा गुलियो खाद्य पर्दाथ खाने तर ब्रस नगर्ने, मुख कुल्ला नगर्ने लगायतको कारणले उनीहरुको दाँतमा क्याबिटिज हुने संभावना रहन्छ । यस्तो समस्यामा दाँत तथा मुखको हेरचाह कसरी गर्ने त ?

१. मञ्जन
बच्चाकालागि दाँत माझ्ने मञ्जन फ्लोराइडयुक्त राम्रो हुन्छ । फ्लोराइड एक आवश्यक खनिज हो, यसले दाँतलाई बलियो बनाउन र दाँत क्षय हुनबाट रोक्दछ ।

२. खानापछि ब्रस
खाना खाइसकेपछि दाँतमा अल्झिएको खानेकुरा निकाल्न ब्रस गर्नुपर्ने हुन्छ । त्यसैले खाना खाए लगत्तै बच्चालाई ब्रस गराउनु पर्दछ । यसले क्याबिटिजको समेत संभावना हुँदैन । त्यसैले दिनको दुई पटक बिहान र रातको खानापछि ब्रस गर्न बच्चालाई सिकाउनु होस् ।

३. चुइङगम दाँतको समाधान
त्यसै पनि बच्चालाई चुइङगम चपाउन मनपर्छ । साथै यसले दाँत सफा गर्न सघाउँछ । तर बच्चालाई गुलियोरहित चुइङगम चपाउन दिएमा यसले खानापछि दाँतमा रहने एसिडलाई हटाउँन मद्दत गर्दछ ।

४. फ्लोसिङ
दाँतको बिचमा फसेको फोहोर हटाउने फ्लोसिङ राम्रो उपाय हो । अन्यथा दाँतको बिचमा फसेको खानेकुरा सड्न थालेपछि दाँतमा समस्या आउने गर्दछ । यदि उक्त फोहोर हटाउने हो भने दाँत सड्दैन ।

५. किसमिस
कम मात्रामा किसमिस सेवन गर्दा पनि क्याबिटिजको समस्याबाट छुटकारा पाइन्छ । यसमा पोलीफेनोल र फ्लैनोनोइड पाइन्छ, जसले क्याबिटिज रोक्न सहयोग गर्छ । आवश्यक भन्दा बढी किसमिस प्रयोग गर्दा चाहि उल्टो असर पर्न सक्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ३ : ०१ बजे

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट