पूजा गर्दा ध्यान दिनुपर्ने ५ कुरा « Khabarhub

पूजा गर्दा ध्यान दिनुपर्ने ५ कुरा


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्ममा पूजापाठको महत्वपूर्ण स्थान रहने गरेको छ । अधिकाशं हिन्दुहरुको घरमा देवीदेवताको पुजाकालागी कोठा वा क्षेत्र छुट्याइएको हुन्छ ।

मान्यता अनुसार नियमित पुजापाठ गर्दा मनोकामना पुरा हुने र मनमा शान्ति मिल्ने गर्दछ । तर नियमित पूजापाठ गर्दा पनि मन अशान्त रहन्छ र उचित फल पाइरहनु भएको छैन भने पूजाको क्रममा केही गल्ती भएको हुन सक्ने धार्मीक मान्यता रहेको छ । त्यसैले पूजाका क्रममा केही सामान्य नियम पालनातर्फ ध्यान दिन शास्त्रले सुझाएको छ ।

१. घरको पुजाकोठा वा स्थान हमेशा ईशान कोण अर्थात उत्तर पूर्व दिशामा हुनु पर्दछ । यो दिशा भगवानको मन्दिरकालागी सबैभन्दा शुभ मानिन्छ । तर भुलवशं घरको पूजा स्थल पश्चिम वा दक्षिण पश्चिम दिशामा भए यसले लाभ नदिने धार्मीक मान्यता छ ।

२. घरमा पूजा गर्दा पूजाकर्ताले भगवान भएतर्फ ढाड फर्काएर बस्नु हुदैन । यसले नकारात्मक फल दिने धार्मीक मान्यता रहेको छ ।

३. कतिपय मानिसहरु भूईमा नै बसेर पूजा गर्दछन् । तर पूजा गर्दा आसनको प्रयोग गर्नु पर्दछ । मान्यता अनुसार बिना आसन पूजापाठ गरेमा दरिद्रता आउने गर्दछ । साथै आसन सफा हुनु पर्दछ । यदि आसन नभएमा कम्बलको प्रयोग गर्नु पर्दछ ।

४. यदि घरमा पूजाकोठा वा पुजा स्थान वा मन्दिर नभएमा पनि नियमित साँझ बिहान एउटा दियो बाल्नु राम्रो मानिन्छ ।

५. हिन्दु धर्ममा भगवान विष्णु, गणेश, शिव, सूर्य र दुर्गालाई पञ्चदेव भनिन्छ । तसर्थ नियमित पूजाका क्रममा यी पञ्चदेवको विशेष पूजा गर्नु पर्दछ । यसो गरेमा घरमा सुख समृद्धि प्राप्ति हुने धार्मीक मान्यता छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ३ : ५२ बजे

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा