‘ग्लोबल डे अफ एक्शन’का अवसरमा जलवायु न्यायको मागसहित नेपालभर आवाज (तस्बिरहरू) « Khabarhub

‘ग्लोबल डे अफ एक्शन’का अवसरमा जलवायु न्यायको मागसहित नेपालभर आवाज (तस्बिरहरू)


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक वर्ष मनाइने’ग्लोबल डे अफ एक्शन’का अवसरमा नेपालभरका अग्रपंक्तिमा रहेका समुदाय, युवा, नागरिक समाज संस्था , कार्यकर्ताहरू र सचेत नागरिकहरूले जलवायु न्यायको लागि सशक्त आवाज उठाए ।

कपको बीचको साता पर्ने सप्ताहान्तलाई विश्वभर ‘ग्लोबल डे अफ एक्शन’ का रूपमा मनाइने गरिन्छ ।

मुस्ताङदेखि सप्तरीसम्मका समुदायहरू आफ्नो पीडा र माग सार्वजनिक गर्न सडकमा उत्रिए । सन् २०२३ को अगस्टमा भीषण बाढी र डिब्रीमा थिचिएको मुस्ताङको कागबेनी समुदाय अझै क्षतिपूर्तिबिना विस्थापित जीवन बिताइरहेका छन् । 

वर्षा छायाँ क्षेत्र मानिने मुस्ताङमा आएको अनपेक्षित वर्षाले बस्तीमै ठूला मात्रामा डिब्री बगाएर पुर्‍याएको थियो । उनीहरूले कम्युनिटी एक्सेस टु लस एण्ड ड्यामेज फन्ड तथा जलवायु पीडितका लागि न्यायको माग दोहोर्‍याएका छन् ।

यस्तै, सन् २०२१ को अक्टोबरमा परेको लगातार भारी वर्षाले तराईका सयौँ किसानको बाली बगाएको थियो । अन्न काट्न तयार पाखाभरीको धान नष्ट भएको तीन वर्ष बितिसक्दा पनि धेरै खेत आजसमेत बालुवाको तहले ढाकिएको छ । यसले जलवायु विपद्को दीर्घकालीन प्रभाव अझै समाप्त नभएको स्पष्ट पार्छ ।

समुदायहरूसँग एकता जनाउँदै काठमाडौँ र विराटनगरका युवाहरूले समेत नोक्सानी तथा क्षति कोष शीघ्र सञ्चालन गर्न तथा समुदायलाई प्रत्यक्ष पहुँच सुनिश्चित गर्न माग गरे । 

उनीहरूले जलवायु समाधानको नाममा ठूला निगमहरू र विश्व उत्तरी देशहरूले अघि बढाइरहेका “भ्रान्त समाधानहरू”लाई पनि खारेज गर्दै वास्तविक न्याय केन्द्रित प्रणाली परिवर्तनको आवश्यकता जोड दिए ।

यही सन्देश सहित, कप ३० का क्रममा ब्राजिलको बेलेम तथा विश्वका विभिन्न शहरहरूमा पनि सामूहिक आन्दोलन जारी रहनेछ। ग्लोबल डे अफ एक्शन विश्वभरका जनताको न्याय, समानता र मुक्तिका लागि भइरहेको साझा संघर्षको प्रतीक बनेको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १ : ५२ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा