आर्मी र पुलिस इलाम आमन्त्रण खुला पुरुष भलिबलको सेमिफाइनलमा « Khabarhub

आर्मी र पुलिस इलाम आमन्त्रण खुला पुरुष भलिबलको सेमिफाइनलमा


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – विभागिय टिम आर्मी र नेपाल पुलिस क्लब दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।

शुक्रबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी सेमिफाइलन पुगेको हो । गण्डकीविरुद्ध आर्मीले १५–२५, १८–२५, २५–२१ र १९–२५ को सेटमा जीत हात पारेको हो ।

यसअघि, आजै भएको पहिलो खेलमा पुलिस क्लबले भारतीय खेलाडी सम्मिलित दमक नगर भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

पुलिसले दमकलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पुलिसले दमकलाई २५–२०, २५–१५ र २५–१६ को सोझो सेटमा सहजै जित दर्ता गर्‍यो ।

समूह बी मा एपीएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगिसकेको छ । पुलिस ४ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उपविजेता बन्यो ।

प्रतियोगिताको सेमिफाइनलका खेलहरु शनिबार हुने छन् भने फाइनल आइतबार हुने छ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ३ : १२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको