शनिबार ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै « Khabarhub

शनिबार ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व मुख स्वास्थ्य दिवस मनाइने भएको छ । समाज डेण्टल हस्पिटलको सहकार्यमा डेन्टल एशोसियसनले शनिबार विविध कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागेको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै मार्च २०  मा विश्व मुख स्वास्थ्य दिवस मनाउन लागिएको आयोजक संस्थाले जानकारी गराएको छ । कार्यक्रममा वरिष्ठ दन्त चिकित्सक सुवास घिमिरेले मुख स्वास्थ्यको औचित्यबारे प्रष्ट पारे । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग लाग्न नसक्ने भएकाले मुख स्वास्थ्य स्वस्थ भएमात्र स्वस्थ रहन सकिने बताए ।

त्यसैगरी डेन्टल एशोसियसनका अध्यक्ष प्रविन्द्र अधिकारीले दुर दराजमा समेत दन्त चिकित्सा पुर्‍याउनुपर्नेमा जोड दिए । उनले नेपालमा ४ हजार भन्दा बढी दन्त चिकित्सकहरु रहेपनि सरकारले दरबन्दी खडा गर्न नसक्दा आफूँहरु मारमा परेको बताए ।

त्यसैगरी कार्यक्रममा डा. कुम्भराज जोशी, सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंलगायतले आ आफ्नो धारणा राखे ।

वर्ल्ड फेडरेशनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १ सय ३० वटा डेन्टल एशोसियसनहरुले एकै साथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।

मुख स्वास्थ्य दिवस २०२१ मा विभिन्न खाले जनचेतनामूलक कार्यक्रमहरु मनाइन लागेको एशोसियसनका अध्यक्ष अधिकारीले बताए। कार्यक्रममा निःशुल्क डेक्टल क्याप, स्कुले बालबालिकाहरुलाई मुख स्वास्थ्यबारे जानकारी, मुख स्वास्थ्य शिक्षा, दन्त्य क्षेत्रमा कार्यरत उत्कृष्टलाई सम्मान, निःशुल्क दन्त्य परीक्षण गरिने आयोजकले जनाएको छ ।

कार्यक्रम २० मार्चअर्थात यही चैत्र ७ गते विहान ८ बजेदेखि चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटलको प्राङ्गणमा हुनेछ । कार्यक्रमका मुख्य अतिथिी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्री कृष्ण गोपाल श्रेष्ठ रहने आयोजकले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १० : ३० बजे

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर