माओवादी द्वन्द्वले युवालाई विदेश पलायन हुन बाध्य पार्‍यो : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

माओवादी द्वन्द्वले युवालाई विदेश पलायन हुन बाध्य पार्‍यो : प्रधानमन्त्री ओली


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले दश वर्षे माओवादी सशस्त्र द्वन्द्वका कारण युवाहरु सुरक्षा र रोजगारीका लागि विदेश पलायन हुनु परेको बताएका छन् ।

शुक्रबार बेलुकी बालुवाटारमा उद्योगी व्यवसायीलाई सामूहिक रुपमा एमाले प्रवेश गराउने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले द्वन्द्वकै कारण युवा जनशक्ति विदेसिएको बताएका हुन् ।

‘त्यो द्वन्द्वको स्थितिले गाउँमा बस्न नसकेर मान्छे सहर आउने । सहरमा बस्न नसकेर विदेश भाग्ने । सुरक्षा र रोजगारीका हिसाबले युवाहरु विदेश पलायन भए ।’ उनले भने ।

खाडी मुलुकमा नेपाली कामदारको संख्या ४०–५० लाख पुग्नुमा अहिलेको सरकारको हात नरहेको उनले दाबी गरे ।

‘अहिलेको सरकारले पुर्‍याएको हो र ? किन पुगे मान्छे भन्दा त्यही द्वन्द्वका कारण मान्छे विदेश पुगे । हिजो एउटा द्वन्द्वको त्यो स्थिति बन्यो ।’ उनले भने, ‘उद्योगधन्दा बन्द भए । रोजगारी गुमे । साहुजीको त उद्योग डुब्यो । तर, पनि अलिकति डिपोजिट हुँदो हो । केही समय त चल्ला । तर त्यो विचराहरु जो ‘ह्याण्ड टु माउथ’ छ । उसको त केही समय चल्ला भन्ने आधार नै रहेन । डिपोजिट नभएकाको के भयो होला हालत ?’

न्यायोचित जैविक र मानवीय आवश्यकताको सहज आपुर्तिले मात्रै समृद्धि हुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘भाँडभैलो राजनीतिमा नहोस्, स्वच्छ राजनीति होस् ।’

खुशीहरुको संग्रहबाट सुख मिल्ने भएकाले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा तय गरिएको उनको भनाइ थियो ।

राजनीतिक आन्दोलनका नाममा हिंसा र धम्कीको गतिविधि गरिरहेकाहरुलाई शान्तिको बाटोमा ल्याउन वर्तमान सरकार लागिपरेको बताउँदै उनले सम्मानयुक्त जीवन यापनले सुख मिल्ने बताए ।

उनले भने, ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य सबै क्षेत्रबाट समृद्ध नेपाल सुखी नेपाली बनाउँन चाहन्छौँ ।’

जीडीपीको आधारमा वा ‘परक्यापिटल’को आधारमा देशको विकासलाई मापन गर्ने भन्दा पनि समग्र जनताको जीवनस्तरबाट मापन गर्ने सिद्धान्त यो सरकारले कार्यान्वयन गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

२३५ जना उद्योगी व्यवसायी एमालेमा प्रवेश

यसैबीच २३५ जना उद्योगी व्यवसायी सामूहिक रुपमा एमाले प्रवेश गरेका छन् । कार्यक्रममा २३५ जना उद्योगी व्यवसायीहरु एमालेमा प्रवेश गरेको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले दावी गरे ।

उद्योगी तथा व्यवसायी किशोर प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको उनले बताए ।

प्रधानमन्त्री ओलीले खादा ओढाएर उद्योगी व्यवसायीलाई पार्टी प्रवेश गराएका हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ८ : ५४ बजे

राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ : एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेपालको राजनीतिमा देखिएको वर्तमान समस्याको

जेन-जीको बलमा सत्ताबाट बाहिरिएको एमालेले भन्यो : तोडफोड, आगजनी र हिंसाले मुलुक दशकौँ पछाडि धकेलियो

काठमाडौँ- सोमबार र मंगलबार भएको जेन-जीको विध्वंशात्मक आन्दोलनपछि सत्ताबाट बिमखु

काभ्रे प्रशासनद्वारा कर्फ्युको समय लम्ब्याइयो

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले  कर्फ्युको समयलाई आज पनि निरन्तरता दिएको

गणतन्त्रलाई थप बलियो बनाउन बृहत् नागरिक आन्दोलनको आग्रह

काठमाडौं– बृहत् नागरिक आन्दोलनले संविधानका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा ‘जेन-जी’ क्रान्तिको

इस्टु कार्कीले बालेनलाई भनिन्– हामीलाई राजतन्त्र चाहिएको छैन 

काठमाडौं– जेन–जी आन्दोलनमा सहभागी सोसल मिडिया इन्फ्ल्युएनसर इस्टु कार्कीले काठमाडौं