बालुवाटारमा बोलाइएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा नजाने 'नेपाल-खनाल' पक्षको निर्णय | Khabarhub Khabarhub

बालुवाटारमा बोलाइएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा नजाने ‘नेपाल-खनाल’ पक्षको निर्णय


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा बोलाएको एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ।

शुक्रबार बानेश्वरमा बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो।

नेपाल समूहको बैठकले संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद भवन बानेश्वरको राख्नुपर्ने तर्क गरेको छ ।

दलको कार्यालय वा संसद् भवनमा बैठक आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा सहभागी हुने बारेमा विचार गर्ने निर्णय आजको बैठकले गरेको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले बताए ।

यस्तै बैठकले ओलीले फागुन २८ गते ‘एकलौटी रुपमा’ गरेका निर्णय खारेज नगरेसम्म केन्द्रीय कमिटीको बैठकमा नजाने निर्णय भएको उनले बताए ।

सर्वोच्च अदालतको फैसाले एमाले ब्युँताएपछि अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो समूहको बैठक राखेर विधान संशोधन, जिम्मेवारी हेरफेर र माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए ।

नेपाल समूहले भने सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को सांगठनिक संरचनामा फर्किनुपर्ने अडान राख्दै आएको छ ।

‌ओलीले शनिबार बिहान साढे १० बजे संसदीय दलको बैठक राखेका छन् भने त्यसपछि केन्द्रीय कमिटीको बैठक बस्ने तय गरेका छन्।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ९ : ३७ बजे

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नायक प्रदीप

काठमाडौं – कान्स फिल्म फेस्टिभलको यो वर्षको संस्करणमा नेपाली फिल्म

मन्त्रिपरिषद् बैठक स्थगित, ओली र देउवाबीच छलफल हुने

काठमाडौं– मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । आज बस्ने भनिएको

चीन जाँदै पूर्वराष्ट्रपति भण्डारी, उच्च तहको भेटघाट गर्ने तयारी

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आगामी १० जेठमा उत्तरी छिमेकी चीन

प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केबलकारबीच समझदारी

काठमाडौं– प्रभु बैङ्क लिमिटेडर इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केबलकार लिमिटेडबीच समझदारीपत्रमा

पल र नीतिले सके फिल्म ‘मोहर’को शीर्ष गीत ‘चाहिँदैन मोहर’को छायाङ्कन

काठमाडौं– नायक पल शाह र नायिका नीति शाह स्टारर फिल्म