बालुवाटारमा बोलाइएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा नजाने ‘नेपाल-खनाल’ पक्षको निर्णय « Khabarhub

बालुवाटारमा बोलाइएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा नजाने ‘नेपाल-खनाल’ पक्षको निर्णय


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा बोलाएको एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ।

शुक्रबार बानेश्वरमा बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो।

नेपाल समूहको बैठकले संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद भवन बानेश्वरको राख्नुपर्ने तर्क गरेको छ ।

दलको कार्यालय वा संसद् भवनमा बैठक आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा सहभागी हुने बारेमा विचार गर्ने निर्णय आजको बैठकले गरेको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले बताए ।

यस्तै बैठकले ओलीले फागुन २८ गते ‘एकलौटी रुपमा’ गरेका निर्णय खारेज नगरेसम्म केन्द्रीय कमिटीको बैठकमा नजाने निर्णय भएको उनले बताए ।

सर्वोच्च अदालतको फैसाले एमाले ब्युँताएपछि अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो समूहको बैठक राखेर विधान संशोधन, जिम्मेवारी हेरफेर र माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए ।

नेपाल समूहले भने सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को सांगठनिक संरचनामा फर्किनुपर्ने अडान राख्दै आएको छ ।

‌ओलीले शनिबार बिहान साढे १० बजे संसदीय दलको बैठक राखेका छन् भने त्यसपछि केन्द्रीय कमिटीको बैठक बस्ने तय गरेका छन्।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ९ : ३७ बजे

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक

बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध थप सैन्य कारबाहीको