बालुवाटारमा बोलाइएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा नजाने 'नेपाल-खनाल' पक्षको निर्णय | Khabarhub Khabarhub

बालुवाटारमा बोलाइएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा नजाने ‘नेपाल-खनाल’ पक्षको निर्णय


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा बोलाएको एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ।

शुक्रबार बानेश्वरमा बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो।

नेपाल समूहको बैठकले संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद भवन बानेश्वरको राख्नुपर्ने तर्क गरेको छ ।

दलको कार्यालय वा संसद् भवनमा बैठक आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा सहभागी हुने बारेमा विचार गर्ने निर्णय आजको बैठकले गरेको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले बताए ।

यस्तै बैठकले ओलीले फागुन २८ गते ‘एकलौटी रुपमा’ गरेका निर्णय खारेज नगरेसम्म केन्द्रीय कमिटीको बैठकमा नजाने निर्णय भएको उनले बताए ।

सर्वोच्च अदालतको फैसाले एमाले ब्युँताएपछि अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो समूहको बैठक राखेर विधान संशोधन, जिम्मेवारी हेरफेर र माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए ।

नेपाल समूहले भने सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को सांगठनिक संरचनामा फर्किनुपर्ने अडान राख्दै आएको छ ।

‌ओलीले शनिबार बिहान साढे १० बजे संसदीय दलको बैठक राखेका छन् भने त्यसपछि केन्द्रीय कमिटीको बैठक बस्ने तय गरेका छन्।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ९ : ३७ बजे

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको

रुपन्देही उपनिर्वाचनको लागि राप्रपाबाट छ जनाको नाम सिफारिस

रुपन्देही – रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७

अन्तिम मिनेटमा सम्हालिन नसक्दा बंगलादेशसँग नेपाल पराजित

काठमाडौं – साफ यू –२० महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना