कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको मृत्यु



दोहा- कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीका सम्सुधिन मुसौमन छन् ।

यसघि बिहीबार मात्र कुवेतमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।

पछिल्लो समय कुवेतमा कोरोना संक्रमण बढेसंगै ठूलो संख्यामा नेपालीहरु पनि संक्रमित भएको अनुमान गरिएको छ ।

कुवेतमा कोभिड १९ को संक्रमण तीब्र फैलिएपछि त्यसबाट जोगिन आवश्यक स्वास्थ्य सतर्कता अपनाउन नेपाली दूतावासले अनुरोध गरेको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै कुवेत सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण परिपालना गर्न अनुरोध गरेको हो ।

यो समाचार तयार पार्दासम्म कुवेतमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५६ हजार ९८७ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या २ लाख ४९ हजार ४६५ पुगेको छ भने अहिलेसम्म १ हजार ४४८ जनाको मृत्यु भैसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ९ : ४० बजे

कांग्रेस विशेष महाधिवेशनमा गुन्जियो ‘गगनदाई हाईहाई’

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापा महाधिवेशन स्थल पुगेका

सबुजकृष्ण बानियाँ बने विशेष महाधिवेशनको सभापति

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन कार्यक्रमको सभापति काठमाडौं जिल्ला कार्यसमितिका

गगनसँगै गोपालमान श्रेष्ठ र तारानाथ रानाभाट पनि पुगे महाधिवेशनस्थल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डप काठमाडौंमा नेपाली कांग्रेसका पूर्व

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

मुस्ताङ– हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय

विभाजन होइन, कांग्रेसको एकताका लागि अघि बढिरहनेछु : डा. कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबारे भिडियो