एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नयाँ जिल्ला इञ्चार्ज तोक्ने ओलीको तयारी « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नयाँ जिल्ला इञ्चार्ज तोक्ने ओलीको तयारी

खनाल-नेपाल समूह नजाने


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ  ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा १ बजेलाई डाकिएको छ ।

बैठकमा साविकका २४१ जना र फागुन २८ मा मनोनित २३ सहित २६४ सदस्यहरूलाई खबर पठाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

बैठकमा आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र कर्णाली प्रदेशमा पार्टी ह्विप विपरित ‘फ्लोर क्रस’ गरेर माओवादी सरकार टिकाउने भूमिका खेलेका खनाल-नेपाल पक्षका सांसद प्रकाश ज्वालालाई पार्टी सदस्यता र सांसदबाट हटाउने निर्णय गर्ने तयारी छ ।

ज्वालासहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले शुक्रबार वैशाख ४ गते ‘फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएका थिए ।

बुढा, शाही र थापालाई यसअघि नै प्रदेश कमिटीले पार्टी सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । तर उनीहरूलाई मुख्यमन्त्री शाहीले मन्त्री बनाइसकेका छन् ।

आजको बैठकमा जिल्लामा नयाँ इञ्चार्जहरू तोक्ने तयारीसमेत ओलीले गर्नेछन् । पार्टीको सांगठनिक प्रतिवेदनमा नेताहरूको कार्यविभाजन के कस्तो रहने भन्ने उल्लेख भएर आएबमोजिम जिम्मेवारी बाँडफाँड हुने उनले बताए ।

खनाल-नेपाल पक्ष नजाने

खनाल-नेपाल पक्षले भने आजको केन्द्रीय कमिटी बैठक पनि बहिष्कार गर्ने भएको छ ।

फागुन २८ मा एकलौटी बैठक राखेर ओलीले माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन तथा पदाधिकारीको जिम्मेवारी खोसेको भन्दै असन्तुष्ट सो समूह बैठकमा नजाने भएको हो ।

नेकपा एमालेका अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहराले आजको बैठक रोकेर पार्टीलाई एकताबद्ध बनाउने काम गर्न ओलीलाई आग्रह गरेका छन् ।

आइतबार एक अपिल सार्वजनिक गर्दै बोहराले आजका लागि ओलीले बोलाएको बैठक रोक्न आग्रह गरेका छन् ।

ओली पक्षधरले गरेका निर्णय आधिकारिक नभएको र त्यसलाई मान्यता नदिन खनाल-नेपाल समूह आइतबार नै निर्वाचन आयोगसमेत गएको थियो ।

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : ४० बजे

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा

आइसीसी एकदिवसीय विश्वकप छनोट : १२ टोलीले मात्रै ‘सुपर १२’ खेल्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२७ मा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज