एमसीसीविरुद्ध माइतीघरमा प्रदर्शन | Khabarhub Khabarhub

एमसीसीविरुद्ध माइतीघरमा प्रदर्शन


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माओवादी केन्द्रलगायतका विभिन्न २२ राजनीतिक दल तथा संस्थाले अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गरेका छन् ।

सोमबार माइतीघर मण्डलमा प्रर्दशन गर्दै उनीहरूले एमसीसी खारेजीको माग गरेका छन् ।

प्रदर्शनकारीले एमसीसी खारेज हुनुपर्ने, कालापानीबाट भारतीय सेना फिर्ता गनुपर्नेजस्ता नारा लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बसेको सर्वदलीय बैठकमा एमसीसी अनुमोदनको विषय उठाउँदै सभामुखका कारण अगाडि बढ्न नसकेको आरोप लगाएका थिए । सरकारले एमसीसी अनुमोदनका लागि सक्रियता देखाएसँगै त्यसविरुद्ध फेरि प्रदर्शन भएको हो ।

केही समयदेखि एमसिसीविरुद्धको प्रर्दशन कम भएको भए पनि पछिल्लो समय यसविरुद्ध फेरि प्रदर्शन हुन थालेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  २ : २९ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना