घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम भयो : माधव नेपाल « Khabarhub

घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम भयो : माधव नेपाल


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूको विरोध व्यक्ति विशेषका लागि नभएर समग्र प्रवृत्तिको विरोध भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाले सोमबार काठमाडौँमा गरेको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाइ कार्यक्रममा नेता नेपालले केही व्यक्तिमा गलत प्रवृत्ति हावी भएको भन्दै त्यसलाई सुधार गर्नका लागि आफूहरूको विरोध भएको बताएका हुन् ।

उनले आफ्नो समर्थन नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई घाँडो ठानेको तर्क गरे । घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम अहिले भएको उनको टिप्पणी छ ।

उनले भने, ‘घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम अहिले भएको छ । गलत कुराको हार र सत्यको जीत हुन्छ । ‘

केपी ओलीलाई प्रधानमन्त्री बनाउन जसले भर्‍याङ बनाइदियो उसैलाई सडकमा पुर्‍याएको उनले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : १२ बजे

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित