विभिन्न अस्पतालबाट ७ जना नक्कली डाक्टर पक्राउ « Khabarhub

विभिन्न अस्पतालबाट ७ जना नक्कली डाक्टर पक्राउ


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  शैक्षिक प्रमाणपत्र कीर्ते गरी विभिन्न अस्पतालमा कार्यरत ७ जना ‘नक्कली चिकित्सक’लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा. दिपेन्द्र गौतम सुभाष प्रताप साह, मोहम्मद शाहिद राजा, अखिलेश कुमार देव, पल्लवी सिंह, फराज हुसेन खाँ र मोहमद सद्दिक रहेका छन् ।

उनीहरुले बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जान एसएलसीको मार्कसिटमा योग्यता नपुगेपछि नाम, जन्ममिति, प्राप्तांक लगायत विवरण किर्ते गरेर नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ परेका उनीहरुलाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार सप्तरी जिल्ला घर भई हाल मोरङ जिल्ला विराटनगर महानगरपालिका वाड नं ५ सम्झना चोकमा बस्दै गरेका ३४ वर्षीय दीपेन्द्र गौतम न्यूरो हस्पिटल विराटनगरमा कार्यरत रहेका थिए ।

यसैगरी महोत्तरी सरपल्लो वडा नं ६ घर भई हाल जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं- ७, जिरोमाईल बस्ने सुभाष प्रसाद साह जनकपुर चिल्ड्रेन हस्पिटलमा कार्यरत थिए ।

यस्तै सप्तरी, बिष्णुपुर गा.पा.वडा नं-२ घर भई हाल मोरङ विराटनगर म.न.पा वडा नं-५ सम्झनाचोक बस्दै आएका २८ वर्षीय मोहमद सिद्दिकलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनुषा, सवैला न.पा. वडा नं- ५ घर भई हाल ललितपुर महानगरपालिका वडा नं- २ महालक्ष्मीथान बस्दै आएका २८ वर्ष मोहम्मद शाहिद राजा पक्राउ परेका छन् । उनी दिर्घायू गुरु हस्पिटल चाबहिलमा कार्यरत थिए ।

यसैगरी सप्तरी सकरपुरा वडा नं १ घर भई हाल जिल्ला मोरङ महानगरपालिका वडा नं- ३ बरगाछी बस्दै आएका अखिलेश कुमार देव पक्राउ परेका हुन् ।

त्यस्तै महोत्तरी मनरा वडा नं ५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं-२ आदर्श बस्ती बस्दै आएकी २७ वर्षीय पल्लवी सिंहलाई पक्राउ गरेको हो । ललितपुर महानगरपालिका-२ सानेपाका २९ वर्षीय फराज हुसेन खाँ लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : ०० बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी